logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

जसपा मधेश प्रदेश अध्यक्ष यादवविरूद्ध पक्राउ पूर्जी

जसपा मधेश प्रदेश अध्यक्ष यादवविरूद्ध पक्राउ पूर्जी


  • शुक्रबार, असार २० २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अशोक यादवविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। सर्लाही जिल्ला अदालतले अपराधी उपद्रव मुद्दामा यादवविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो।

    जिल्ला प्रहरी कार्यालयका डीएसपी सरोज राई चढ्ने गाडीमा तोडफोड र एसपी योगेन्द्रकुमार खड्कालाई अपशब्द प्रयोग दिएर धम्की दिएपछि अधयक्ष यादवलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको हो।

    डीएसपी राईले बिहीबार राति यादवलाई नियन्त्रणमा लिन उनको घर पुगेको बेला योजनाबद्ध ढंगबाट ढुंगामुढा गरेर गाडीमा तोडफोड गरिएको बताए। उनले यादवको खोजतलास भइरहेको जानकारी दिए।

    पूर्वाधार कार्यालय मलंगवामा राति साढे ८ बजेतिर प्रहरीको निगरानीमा चेक काटेको विषयमा एसपी खड्का र अध्यक्ष यादवबीच विवाद चर्किएको थियो।

    पूर्वसांसदसमेत रहेका जसपा नेपालका प्रदेश अध्यक्ष यादवले एसपी खड्कालाई ‘एए एसपी सुन, सुन…मधेशमा कमिसन खान आएको’ भन्ने अडियो सार्वजनिक भएको छ।

    एसपी खड्काले फोन आएपछि प्रहरी पठाइएको बताइरहँदा पनि अध्यक्ष यादवले ‘मधेशमा लुट्न आएको र कमिसन लिन आएको’ भनेको अडियोमा सुनिन्छ।

    प्रकाशित : शुक्रबार, २० असार २०८२ , ०७:२० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend