१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणा र उनका बुवाआमा बस्ने घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ।
आइतबार ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित छुट्टाछुट्टै दुई घरमा सीआईबीको टोली पुगेर खनतलासी गरेको हो। भूषण देउवाकी श्रीमती आरजु राणा देउवाकी भाइ हुन्।
छापा मार्ने क्रममा भूषण घरमा थिएनन् भने उनका बुवाआमा घरमै रहेका थिए। शंकास्पद नगद वा कागजात भएको सूचनाका आधारमा छापा मारिएको भए पनि प्रहरीले कुनै पनि शंकास्पद वस्तु बरामद गर्न सकेको छैन।
सीआईबीका एक अधिकृतले भने, “भूषण राणा घरमा हुनुहुँदैन थियो। उहाँका बुवाआमा बस्ने घरमा पनि केही फेला परेन।”
प्रहरीले छापा मार्ने क्रममा वडाध्यक्षसहितको रोहवरमा मुचुल्का समेत उठाएको जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
