logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ


  • आइतबार, असोज १९ २०८२
  • 650
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो।

    प्रहरीका अनुसार शर्मा दाङको तुलसीपुर–१६ स्थायी बासिन्दा हुन्। उनी लामो समयदेखि फरार रहेको यस चर्चित प्रकरणमा प्रहरीले खोजी जारी राखेको थियो।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार, विशेष सूचनाको आधारमा खटिएको टोलीले शर्मालाई लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

    एसएसपी बस्नेतले भने, “शर्मा ललितपुरको बखुनडोल क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ परेका छन्। उनलाई थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ।”

    उक्त नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू समेत संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। शर्मा समेतको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित : आइतबार, १९ असोज २०८२ , ०३:४४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend