बुटवल । गत एक सातामा विभिन्न ठाउँमा भएका बलात्कार घटनाले नेपाली समाजको कुरुपता देखाएका छन् । १५ र ११ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थवाङ गाउँपालिका(४ थर्पुका ५५ वर्षीय धन प्रसाद पुनलाई ०८३ असार २ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितहरुलाई असार २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय उवामा असार २ गते उजुरी दिएका थिए । पीडितहरुको स्वास्थ परीक्षण असार २ गते जिल्ला अस्पताल रेउघामा गरिएको छ ।
यसैगरि, १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका–१५ चौधरियाका ३० वर्षीय शिवा थारूलाई ०८३ असार ५ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई असार ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय कोहलपुरमा असार ५ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण असार ४ गते भेरी अस्पताल नेपालगञ्ज गरिएको छ ।
त्यसैगरि, १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–३ का २६ वर्षीय प्रकाश काफ्लेलाई असार ८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ८ गते वडा प्रहरी कार्यालय लमहिमा उजुरी दिएका छन् । बालिकाको स्वास्थ परीक्षण असार ८ गते राप्ती स्वास्थ विज्ञान प्रतिस्ठान घोराहीमा गरिएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
