कृष्ण भजन
कोटि कोटि अनन्त अखिल ब्रह्माण्डमा
मेरा मनोहर कृष्णको छैन कुनै तोड
कृष्णको लीला हो, कार्यहरु अगम्य
ब्रह्मा, विष्णु, महेश गज्जबको गठजोड
मेरा मनोहर कृष्णको छैन कुनै तोड
एकोहम बहुस्याम संकल्प कृष्णमा भयो उत्पन्न
योगमायाशक्तिले कृष्ण भए बहुरुपसम्पन्न
सर्वव्याप्त छन् राधाकृष्ण चराचर रुपमा
संसारमा छैन कृष्ण नभेटिने कुनै मोड
मेरा मनोहर कृष्णको छैन कुनै तोड
म अधमको तुच्छ बुद्धि कसरी गाऊँ गुणगान
मन रमायो संसारमा म के गरुँ के भगवान
सबै नामको प्रभाव एउटै कृपासिन्धु
दामोदर, मुरलीधर माधव रणछोड
मेरा मनोहर कृष्णको छैन कुनै तोड
व्रत पूजापाठ चाहिँदैन कृष्णको नाम भजे पुग्छ
पापको महासागर एक हरि नामैले सुक्छ
पर्दैछन् सबै शरणमा गाउँदै भजन
भक्तहरुमा चल्यो हरि जापको होड
मेरा मनोहर कृष्णको छैन कुनै तोड
परम सत्तालाई नमान्नेहरु अज्ञानले भ्रममा परे
पापकर्म त्याग्न सकेनन् तल्लो योनिमा झरे
मूर्खता कस्तो भगवानै छैन भन्छन्
कृष्णको लीला असुरले गर्छन् तोडमरोड
कोटि कोटि अनन्त अखिल ब्रह्माण्डमा
मेरा मनोहर कृष्णको छैन कुनै तोड
कृष्णको लीला हो, कार्यहरु अगम्य
ब्रह्मा, विष्णु, महेश गज्जबको गठजोड
मेरा मनोहर कृष्णको छैन कुनै तोड
राधेकृष्ण राधेकृष्ण कृष्णकृष्ण राधेकृष्ण राधे राधे राधे

जन्तीमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.