लोकसारथि, ३ फाल्गुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल पोखरामा भएको एक घटनामा घाइते भएपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन्। पोखरा भ्रमण वर्ष २०८१ को उद्घाटन समारोहका क्रममा प्राविधिक समस्या उत्पन्न भई बलून विस्फोट हुँदा उनी घाइते भएका हुन्।
घटनापछि उनलाई तत्कालै गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि काठमाडौं ल्याइएको हो। अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार आगोका कारण उनको स्वास्थ्यमा केही असर परेको छ।
पोखराका मेयर धनराज आचार्य पनि घाइते
सोही घटनामा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसमेत घाइते भएका छन्। पोखराका सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिव लम्सालका अनुसार उनको अनुहार जलेको छ। उनलाई पनि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ।
घटना कसरी भयो?
पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका क्रममा उडाउने क्रममा प्राविधिक समस्याका कारण आकस्मिक विस्फोटन भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
हाल अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे थप जानकारी लिने प्रयास भइरहेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
