logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सैनामैनामा विङगर र बोलेरो जिप ठोकिँदा ८ जना घाइते, दुईको अवस्था गम्भीर

सैनामैनामा विङगर र बोलेरो जिप ठोकिँदा ८ जना घाइते, दुईको अवस्था गम्भीर


  • शुक्रबार, चैत्र २२ २०८१
  • 1.9K
    SHARES

    लोकसारथि, २२ चैत । रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा विङगर र बोलेरो जिप एक आपसमा ठोकिँदा ८ जना यात्रु घाइते भएका छन्।

    सालझण्डीबाट बुटवलतर्फ जाँदै गरेको पश्चिम नेपाल बस व्यवसायी संघको लु १ ज ४२८९ नम्बरको विङगर र बुटवलबाट पश्चिमतर्फ आउँदै गरेको लु १ च ६७४७ नम्बरको फलफूल बोकेको बोलेरो जिप आपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले जानकारी दिएको छ।

    इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्य राज विष्टका अनुसार दुर्घटनामा परेका ८ जनामध्ये ६ जना सामान्य घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ।

    घाइते सबैको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्टले बताए।

    स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ। यस दुर्घटनाले पुनः सवारीसाधनको गति नियन्त्रण र सडक सुरक्षाका सवालमा गम्भीर ध्यान दिनुपर्ने देखाएको छ।

    —लोकसारथि

    प्रकाशित : शुक्रबार, २२ चैत्र २०८१ , ११:१३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend