काठमाडौं ।
जेन–जी आन्दोलनपछि देशभर सामान्य जनजीवन सुचारु भएको छ। नयाँ सरकार गठन भएसँगै मुलुकका विभिन्न क्षेत्रमा लागू गरिएको कर्फ्यु र निषेधाज्ञा हटेपछि नागरिकहरू आ–आफ्नो पेसा, व्यवसाय र दैनन्दिन क्रियाकलापमा फर्किएका छन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारलाई आमनागरिकले उत्साहपूर्वक स्वागत गरेका छन्। भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराका साथ अघि बढेको यस सरकारलाई युवापुस्तादेखि सम्पूर्ण देशवासीले सकारात्मक दृष्टिले हेरेका छन्।
सरकार गठनसँगै शान्ति–सुरक्षाको अवस्था सामान्य भएको छ। आन्दोलनपश्चात् देखा परेको तनाव र अशान्तिको वातावरण अन्त्य भई नागरिकस्तरमा सहजता आएको जनाइएको छ।
जनताले नयाँ सरकारबाट शान्ति, सुव्यवस्था र कानुनी शासनको अनुभूति हुने अपेक्षा राखेका छन्। कार्की नेतृत्वको अन्तरिम सरकारले तोकिएको समयसीमाभित्र निष्पक्ष निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।
विश्लेषकहरूका अनुसार, आन्दोलनपश्चात् बनेको यो सरकार देशलाई राजनीतिक स्थिरता र सुधारको मार्गमा अघि बढाउने ऐतिहासिक अवसर बन्न सक्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
