logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो, सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो, सडक अवरुद्ध


  • शनिबार, असोज ४ २०८२
  • 819
    SHARES

    ४ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ।

    कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो झण्डै १०० मिटर माथिबाट खसेको हो। रातभर पटक–पटक पहिरो खसिरहेकाले तत्काल पन्छाउने काम गर्न नसकिएको उनले बताए। बिहान उज्यालो भएपछि मात्र दुवैतर्फबाट लोडर परिचालन गरेर पहिरो पन्छाउने कार्य सुरु गरिएको छ। साथै नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको स्काभेटर पनि घटनास्थल पठाइएको छ।

    लामिछानेका अनुसार पहिरो ठूलो भएकाले ढुङ्गा झरिरहेकाले जोखिम यथावत् छ। तर, थप पहिरो नखसेमा चार घण्टाभित्र सडक खुलाउने लक्ष्य रहेको छ।

    शुक्रबार दिउँसो समेत पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो, तर तत्काल सफा गरिएपछि सवारी सञ्चालनमा आएको थियो। साँझ ६ः०० बजेदेखि सडक पूर्ण रूपमा बन्द हुँदा यात्रुहरू रातभर बाटैमा अलपत्र परेका छन्।

    पहिरो खसेको स्थान मुग्लिनबाट करिब २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।

    प्रकाशित : शनिबार, ४ असोज २०८२ , ०८:३० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend