logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

खोलामा बेपत्ता भएका मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका–३ बस्ने ४१ वर्षिय देवेन्द्र भट्टराईको शव फेला

खोलामा बेपत्ता भएका मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका–३ बस्ने ४१ वर्षिय देवेन्द्र भट्टराईको शव फेला


  • बुधबार, मंसिर ३ २०८२
  • 858
    SHARES

    सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिर नजिकै रहेको सुनसरी खोलामा बेपत्ता भएका मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका–३ बस्ने ४१ वर्षिय देवेन्द्र भट्टराईको शव सशस्त्र प्रहरीले मंसीर ३ गते फेला पारेको छ ।

    उनीसँगै नुहाउन गएका सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१३ बस्ने ५४ वर्षिय रोहित काफ्लेलाई भने उद्धार गरी उपचारको लागि साई अस्पताल झुम्का पठाईएको छ । उनीहरुसँगै नुहाउन गएका ५८ वर्षिय भिमराज काफ्ले नुहाएर फर्कदा देवेन्द्र भट्टराई र रोहित काफ्ले खोलामा डुवेको जानकारी गराएका   थिए ।

    सो लगत्तै मन्दिर सुरक्षार्थ खटिएको सुरक्षाकर्मी र सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक बावुकाजी कटुवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीले रोहित काफ्लेलाई जिवितै उद्धार गरेको थियो भने देवेन्द्र भट्टराईको शव घटनास्थल भन्दा करीव ५० मिटर तल फेला पारेको हो ।

    उद्धार गरिएका देवेन्द्र भट्टराईको अवस्था भने सामान्य रहेको बताईएको छ ।

    प्रकाशित : बुधबार, ३ मंसिर २०८२ , ०२:३९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend