चितवन, माघ १६ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ४० जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।
आज बिहान दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा अनियन्त्रित भई पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार अन्य घाइतेहरूको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार १५ जना घाइते भरतपुरस्थित मौलाकालिका अस्पतालमा, १७ जना पुरानो मेडिकल कलेज (ओल्ड मेडिकल कलेज) भरतपुरमा र पाँच जना चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत छन्।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
(रासस)
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
