logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत

राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत


  • बिहिबार, फाल्गुन २२ २०८१
  • 832
    SHARES

    काठमाडौँ, फागुन २२ – सरकारले प्रस्तुत गरेका पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएका छन्। यसअघि बुधबार प्रतिनिधि सभाबाट पारित भएका यी अध्यादेशहरू बिहीबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन्।

    प्रतिपक्षी दलहरूको विरोधका बाबजुद सरकारले संसदमा पेश गरेका पाँच अध्यादेश दुवै सदनबाट पारित भएका हुन्। स्वीकृत अध्यादेशहरूमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१ रहेका छन्।

    यससँगै सरकारले ल्याएका छ वटा अध्यादेशमध्ये पाँच वटा संसद्को दुवै सदनबाट पारित भइसकेका छन् भने भूमिसम्बन्धी अध्यादेशलाई सरकार आफैंले होल्डमा राखेको छ

    प्रकाशित : बिहिबार, २२ फाल्गुन २०८१ , १२:३३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend