लोकसारथि संवाददाता, काठमाडौं ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध देशभर भड्किएको जेनजेड (Gen Z) आन्दोलन हिंसात्मक बन्दै गएको छ। सोमबार दिउँसो साढे ३ बजेसम्मको तथ्यांकअनुसार प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ।
विभिन्न अस्पतालबाट प्राप्त जानकारीअनुसार,
-
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (त्रिवि) : १
-
काठमाडौँ मेडिकल कलेज (KMC) : १
-
सिभिल अस्पताल : १
-
ट्रमा सेन्टर : ६
जम्मा ९ जनाको मृत्यु भइसकेको छ।
भिडन्तपछि स्थिति चर्कियो
आन्दोलनकारीले नयाँ बानेश्वरस्थित संसद भवनतर्फ प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास, लाठीचार्ज र गोलीसमेत प्रहार गरेको थियो। सो क्रममा दर्जनौं घाइते भएका छन्।
सरकारले सेना परिचालन
स्थिति नियन्त्रणबाहिर गएपछि सरकारले काठमाडौं उपत्यकामा कर्फ्यू आदेश जारी गर्दै सेना समेत परिचालन गरिसकेको छ।
पृष्ठभूमि
जेनजेड आन्दोलनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार, बेथिति र नेताहरूको विलासी जीवनशैलीविरुद्ध प्रश्न उठाउँदै देशभर युवाहरूलाई सडकमा उत्रिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
