लोकसारथि संवाददाता, काठमाडौं ।
सोमबार भएको भ्रष्टाचारविरोधी जेनजी पुस्ताको प्रदर्शनमा सुरक्षा निकायको दमनबाट उत्पन्न आक्रोश मंगलबार बिहानदेखि राजधानीका सडकमा पुनः देखिएको छ। युवाहरू काठमाडौँका विभिन्न स्थानमा सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्।
यसैबीच, काठमाडौँको कलङ्की क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच अहिले तीव्र झडप भइरहेको छ। स्थिति तनावपूर्ण बन्दै गएपछि प्रशासनले काठमाडौँ उपत्यकाका तीनै जिल्ला–काठमाडौँ, ललितपुर र भक्तपुरमा कर्फ्यु आदेश जारी गरेको छ।
याद रहोस्, सोमबारको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा कम्तीमा १९ जना युवाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए। घटनापछि राजधानीसहित देशभरको राजनीतिक वातावरण थप तातिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
