Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

भूकम्पीडितको राहत र उद्धारका लागि सुदूरपश्चिम सरकारले एक करोड सहयोग गर्ने

भूकम्पीडितको राहत र उद्धारका लागि सुदूरपश्चिम सरकारले एक करोड सहयोग गर्ने


  • शनिबार, कार्तिक १८ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सुदूरपश्चिम सरकारले कर्णाली प्रदेशका भूकम्पीडितको राहत र उद्धारका लागि तत्काल एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    प्रदेश सरकारको आकस्मिक बैठक बसेर सहयोग गर्ने निर्णय गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । विज्ञप्तिमार्फत उनले स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने जानकारी दिए ।

    “सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार उक्त क्षेत्रमा सहायता पुग्ने गरी तत्काल रु १ करोड रुपैयाँ र स्वास्थ्य सामाग्री सहित २० जना स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय गर्दै थप आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ,” विज्ञप्तिमा लेखिएको छ ।

    प्रदेश सरकारले भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न भूकम्पमा परी पुरिएकाहरुको खोज, उद्धार र घाइतेहरुको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतका स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न संघसस्था र नागरिक समाजसँग आग्रह गरेको छ ।

    प्रकाशित : शनिबार, १८ कार्तिक २०८० , १२:२७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend