logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

६० वर्षका आमिर खान तेस्रो पटक प्रेममा! बेंगलुरुकी गौरी स्प्रैटसँग सम्बन्ध सार्वजनिक

६० वर्षका आमिर खान तेस्रो पटक प्रेममा! बेंगलुरुकी गौरी स्प्रैटसँग सम्बन्ध सार्वजनिक


  • शनिबार, चैत्र २ २०८१
  • 2.1K
    SHARES

    लोससारथि डेस्क, २ चैत । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान फेरि प्रेममा परेका छन्। बेंगलुरुकी गौरी स्प्रैटसँग उनको प्रेमसम्बन्ध रहेको खुलासा भएको छ। २५ वर्षदेखि एक-अर्कालाई चिनेका उनीहरू पछिल्लो १८ महिनादेखि डेट गरिरहेका छन्। तर, सबैभन्दा ठूलो कुरा के भने, आमिरले आफ्नो यो सम्बन्ध कसरी गोप्य राखे?

    ६० वर्षको उमेरमा तेस्रो प्रेम

    ६० वर्षका आमिर खानले यसअघि दुईपटक विवाह गरेका थिए। पहिलो पत्नी रीना दत्तासँग १६ वर्ष र दोस्रो पत्नी किरण रावसँग पनि १६ वर्ष बिताए। दुवै विवाह टुटेपछि पनि उनीहरूबीच राम्रो सम्बन्ध छ। अहिले ससुर बनेका आमिर एकपटक फेरि प्रेममा परेका छन्, जसको खुलासा उनले अनौपचारिक रूपमा जन्मदिन मनाउने क्रममा गरेका थिए।

    १८ महिनासम्म सम्बन्ध गोप्य राख्ने कारण

    आमिरले आफ्नै स्टाइलमा हाँस्दै भने, “हेर्नुहोस्, मैले केही पनि थाहा हुन दिएन तपाईंहरूलाई!”
    तर, वास्तवमै उनले यो सम्बन्ध कसरी गोप्य राखे? यसबारे खुलासा गर्दै उनले भने, “गौरी बेंगलुरुमा बस्ने भएकीले म त्यहाँ जान्थेँ। त्यहाँ मिडियाको ध्यान कम हुने भएकाले हाम्रो सम्बन्ध कसैले चाल पाउन सकेन।”

    अहिले सम्बन्ध किन सार्वजनिक गरे?

    आमिरका अनुसार, जब गौरी मुम्बई आइन् र उनका परिवारसँग भेटघाट गरिन्, तब उनलाई लाग्यो कि अब सम्बन्ध लुकाउनु आवश्यक छैन। उनले भने, “अब हामी एक-अर्कासँग सुरक्षित महसुस गर्छौं, त्यसैले हामीले हाम्रो प्रेम सार्वजनिक गर्ने निर्णय गर्यौं। यसरी खुलस्त भएपछि अब लुकाउनुपर्ने केही छैन।”

    आमिरको परिवारले गौरीलाई खुला मनले स्वीकार

    गौरीले पनि आमिरको परिवारसँग भेटेको अनुभव सुनाइन्। डेक्कन हेराल्डको रिपोर्टअनुसार, गौरीले भनिन्, “आमिरको परिवारले मलाई खुलेर स्वागत गरे, निकै आत्मीयताका साथ भेटघाट भयो।”

    गौरी स्प्रैट को हुन्?

    गौरी स्प्रैट बेंगलुरुकी हुन् र हाल आमिर खान फिल्म्समा काम गरिरहेकी छिन्। उनको पेशागत पृष्ठभूमि हेयरड्रेसिङमा छ। उनले लन्डनको युनिभर्सिटी अफ आर्ट्सबाट फेसन, स्टाइलिङ र फोटोग्राफीमा अध्ययन गरेकी छिन्। उनी एक तमिल आमा र आयरिश बुवाकी छोरी हुन्। उनका हजुरबुबा स्वतन्त्रता सेनानी थिए। साथै, उनी एक ६ वर्षका छोराकी आमा पनि हुन्।

    प्रकाशित : शनिबार, २ चैत्र २०८१ , ०६:५२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend