Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सत्य घटनाः हजुरबाटै हो मैले यो सबै सिकेको

सत्य घटनाः हजुरबाटै हो मैले यो सबै सिकेको


  • शुक्रबार, साउन २६ २०८०
  • 273
    SHARES

    कुरा २०४५ सालतिरको हो । गुल्मी पुर्तिघाटमा थुप्रै नेवार समुदायको पसलह? छन् । उर्लेनी गाउँको माइला पण्डितको छोराको बिहे थियो । आफूसङ्ग प्रशस्त पैसा नभएको र पहिलादेखि नै चाहिँदा उधारो पत्याउने जनकचन्दको दुकानमा बिहेको लागि चाहिने सरसमानको अनुरोध गर्न दुलही र दुलाहापट्टिका मान्छेहरु गए । दुलहीको लागि चाहिने थुप्रै कपडाहरु किन्दै थिए। उक्त समयमा पसलेले साडी, ब्लाउज, पेटिकोटदेखि अन्य विभिन्न पहिरनका सरसामानको मोलमोलाइ भैरहेको थियो। दुलहीपट्टिकाले यस्तो सस्तो कपडाले हुँदैन अलि राम्रो र महङ्गो कपडा देखाउनु भनेपछि पसलेले मौकाको फाइदा उठाउँदै २००० को साडीलाई ५०००, ५०० को ब्लाउजलाई १०००, १५०० को दोपट्टालाई २५०० ……… यस्तै यस्तै मूूल्य गरेको पल्लो छेउबाट पसलेको छोराले हेरिरहेको थियो । ऊ पसलको सामानको मूल्य बारे  पूर्ण जानकार थियो । बाबाले तोकेको मूल्यप्रति केही प्रतिक्रिया जनाउने इच्छा हुँदाहुँदै पनि आफ्नो पिताको सम्मान स्वरुप केही बोल्न सकेन तर मनमा ग्राहकरु ठगिएको महसुस गरेर भित्रैभित्र खिन्न भावले  लज्जित भइरहेको थियो ।

    यसै क्रममा वैशाख महिना भएकोले अर्को दिन जीवनोद्धार मा.वि. पुर्तिघाटको वार्षिक उत्सव चलिरहेको थियो। विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रममा भाग लिएका थिए। यसै बीच आफ्नै बाबा र बाबाका साथीहरु मोहन, रघुनाथ, लालचन्द, हरिचन्द्र, रामचन्द्र लगायतले मन्चमा गाउँका निमुखा जनताको नाटकीय ढङ्गले खिल्लि उडाइरहेका थिए । बाहुनलाई घुमाउरो पाराले नाम लिँदै चङ्खे, घारे, टपरे, टुप्पि, जनैको त्यान्द्रो जस्ता शब्दले उडाइरहेका थिए भने गाउँमा ज्योतिषी गर्नु, हात हेर्नु, चिना बनाउनु गलत हो भन्दै उनीहरुकै भेषमा उनीहरुको परिवारकै अगाडि मन्चमा चिच्याइरहेका थिए । गाउँका केही गरिब समुदायले दूध बेच्छन् । उनीहरुले दूधमा पानी हालेर बेचेको र नेवार समुदायलाई झुक्याएको भन्दै खिल्लि उडाइरहेका थिए । जसले ज्योतिष गर्छन् जसले दूध बेचेर आफ्नो परिवार पाल्छन् जसले पूजाआजा गरेर जीविकोपार्जन गर्छन्, उनीहरुप्रति नकरात्मक कटाक्ष गरि अप्रत्यक्ष रुपमा अपमान गरेको सम्बन्धित व्यक्तिहरु एवम् दर्शकहरुलाई समेत भएको महसुस भइरहेको थियो भने उक्त पात्रका छोरा त्यो घृणित नाटक देखेर डिमोटिभेट भैरहेका थिए । कालान्तरमा उक्त नाटकका एक पात्रका छोराले पनि बाबाको सिखो गरेर उग्र हुँदै गयो । झुट बोल्नु उसको दिनचर्या नै बन्दै गयो । चोरी, डकैती, हत्या, ठगी, लडाइझगडा, दादागिरी, बलात्कार जस्ता जघन्य अपराध गर्दै गयो । छोराको व्यवहारबाट आजित पसलेले एकदिन छोरालाई एकान्तमा बोलाएर सोध्यो –

    छोरा तैँले दिनोदिन गलत काम गर्दै नराम्रो संङ दलदलमा फस्दै गैरहेको छस् भन्ने कुरा तँलाई थाह छ नि? अब तँ सुध्रिनुको बिकल्प छैन। नत्र तेरो कुनै पनि कार्यप्रति मेरो कुनै पनि जबाफदेहि हुने छैन्। बाबाको प्रश्नमा छोराको जबाव थियो– बाबा हजुरबाटै हो मैले यो सबै सिकेको । हजुरले चाहिनेभन्दा बढी नाफा खान सिकाउनु भयो । गरिब निमुखा र मजबुर मान्छेलाई ठग्न र उनीह?को व्यबसायलाई खिल्ली उडाउन र बिजेत गर्न सिकाउनु भयो। पैसा नउठे दादागिरी देखाएर कहिले खेतबारीको राजिनामा लिन त कहिले  गाईभैसी या गाउरी ताउला उठाउन लगाउनु भयो। मैले पनि हजुरकै अनुकरण गरेँ । हजुरले गरजति, सिकाए जति सबै आफ्नो व्यवहारमा उतार्दै गएँ । आज म जुन यो दलदलमा परेँ यसको श्रेय तँपाइलाई नै जान्छ ।

    यो सुनेर पसले धेरै बेर रोयो । उसले बुझ्यो कि उसले र उसको टिमले अरुको खिल्ली उडाउँदै नाटक गर्दा दर्शक त हाँसे, रमाए तर त्यस दिन लाकुरीको बोटमुनि बसेर अपमानित व्यक्तिहरु पनि रोएका थिए । आज भोग्नु परेको यो गति त्यसैको परिणाम हो । पसलेले पश्चताप गर्नुको अर्काे विकल्प थिएन ।

    मोरल :– हाम्रा सन्ततिले पढेर र गरेर मात्रै होइन देखेर, सुनेर पनि धेरै कुराहरु सिक्दछन्, त्यसैले समाजका अनुकरणीय व्यक्तित्वहरु घर भित्र, बाहिर काम गर्दा, बोल्दा सचेत रहनु आवश्यक छ ।

    लेखकः लोकनाथ शर्मा लुइटेल

    प्रकाशित : शुक्रबार, २६ साउन २०८० , ०१:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend