Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

लघुकथा : शिवको त्रिपासा

लघुकथा : शिवको त्रिपासा


  • मंगलबार, भाद्र ५ २०८०
  • 299
    SHARES

    गुरुदत्त ज्ञवाली
    तिलोत्तमा नगरपालिका -१
    रुपन्देही

    साउनको सोमबार । विश्वभरिका शिवभक्तहरूले पूजा अर्चना गर्ने महिना पनि हो । त्यसमामाथि सोमबार । अझ पाँचवटा सोमबार परेको महिना । भक्तहरूको सुविधालाई ध्यानमा राखेर शिव र पार्वती विश्वव्यापी घरदैलो कार्यक्रममा निस्केका थिए । कैलाशबाट शिलीगुढी हुँदै काँकरभिट्टा आइपुगेछन् ।

    उनीहरूको पूर्वपश्चिम हाइवे हुँदै महाकालीसम्म पुग्ने योजना थियो । नेपालको पूर्व पश्चिम रेलमार्ग पनि हेर्नु थियो । कैलाश सूत्रका अनुसार रेलमार्ग बनिसकेको खबर रहेछ । उनीहरू सिभिल ड्रेसमा थिए, द्रूतगतिको सुपर भ्यानमा चढे ।

    बुटवलमा एकछिन् रोकिए । भक्तहरूको घरघरमा दिव्यदृष्टि दौडाए । सबै भक्त सुखी रहेछन् । अनि पार्वतीले सर्बत र भोलेनाथले कैलाश बुटी तानेर पश्चिमतिर लागे । दिउँसो मध्यान्हतिर उनीहरू कैलालीको बौनियाँ पुगे ।

    बौनयाँको इलाका प्रहरी कार्यालयको नजिक, एउटा पाँकुरीको रूख छ । त्यहीँ प्रतीक्षालय पनि छ । शिव र पार्वती एकछिन् आराम गर्दै थिए । नजिकैको एउटा झुपडीमा बुढाबुढी झगडा गरेको सुने ।

    “तैँले शिवजीको पूजा गरेर के पाइस् खोइ ? हामी सधै गरीबको गरिबै ।“ बुढाले गुनासो गरे ।
    “ नआत्त्यौ बुढा, एकदिन त भोलेनाथले दिन्छन् दिन्छन् ।“ बुढीले ढाडस दिएकी बुढाले कुरै खाएनन् ।

    यस्तैमा ती बुढाबुढी कुटाकुट नै गर्न थाले । पार्वतीलाई दया लागेछ र शिवलाई भनिन्, “भोलेनाथ भएर पनि त्यो हरिदशा कसरी देख्न सकेको हो हजुरले ? दिनुस् न वरदान !’’
    शिवले आँखा फर्काउँदै भने, “उनीहरूलाई मैले जे दिएपनि लिन जान्दैनन् ।’’

    शिवले उनीहरूलाई तीन वटा पासा ( त्रिपासा) दिएर भने, “तीन पटकसम्म यो पासा फालेर माग, जे माग्छौ त्यो पाइन्छ ।’’

    बुढाबुढीले के के कुरा कसले माग्ने भन्ने बिषयमा फेरि झगडा शुरु भयो । माग्ने कुरामा न बुढा सहमत न बुढी । टुङ्गो लागेन । झोँकी बुढाले, “आ स्वास्नी“ भनेर एउटा पासा फाले । अनि त सारा पोइ खोज्नेहरूको लाइन लाग्यो ।

    रिस उठ्यो बुढीलाई । बुढाको हातबाट एउटा पासा खोसिन् र “आ लोग्ने “ भन्दै फालेकी स्वास्नी खोज्नेको ताँती लाग्यो ।
    बुढाको त सातै गयो। अन्तमा तेस्रो पासा फालेर भने, “आ हाम्रो पुरानै अवस्था ।“

    शिव मुसुक्क हाँस्दै पार्वतीको मुखमा के हेरेका थिए, पार्वतीले मुख बिगार्दै भनिन्, “खुब भएच !’’

    कथाबाट सिक्नुपर्ने पाठ : विचार र कर्म ठीक हुनुपर्छ । भाग्य त्यसै आउँदैन ।

     

    प्रकाशित : मंगलबार, ५ भाद्र २०८० , १०:२९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend