logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित फागुन १५ गते मनाइने

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित फागुन १५ गते मनाइने


  • बिहिबार, माघ २४ २०८१
  • 624
    SHARES

    लोकसारथि, माघ २४ । लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो ११५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रुपमा मनाउने भएको छ। आगामी फागुन १५ गते मूल समारोह आयोजना गर्ने गरी कार्यक्रम तय गरिएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजमान श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ।

    वार्षिकोत्सवका अवसरमा अस्पतालको इतिहास, वर्तमान अवस्था र आगामी योजनाहरुलाई समेटेर स्मारिका प्रकाशन गरिने भएको छ। स्मारिका प्रकाशन समितिको संयोजकत्व ज्ञानहरी मरासिनीले गर्नेछन् भने नेत्र राना, वर्षा थापा, राजन केसी, खगेश्वर घिमिरे, रुपलाल पन्थी, चिरञ्जिवी घिमिरे, पदम खनाल र डिबी सुस्लिङ सदस्य रहनेछन्।

    अस्पतालका प्रशासकीय प्रमुख राजन केसीका अनुसार वार्षिकोत्सवलाई थप आकर्षक बनाउन विभिन्न अतिरिक्त क्रियाकलापहरु आयोजना गरिनेछन्। चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ र कर्मचारीहरुबीच फुटबल, भलिबल, क्रिकेट र म्याराथन प्रतियोगिता आयोजना गरिनेछ। साथै रक्तदान कार्यक्रम, फलफूल वितरण, सरसफाई अभियान र स्वास्थ्य अवस्थाका विषयमा अन्तरक्रिया कार्यक्रम पनि समावेश गरिएका छन्।

    वार्षिकोत्सवको पूर्वसन्ध्यामा रुपन्देहीका पत्रकार र अस्पताल परिवारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिनेछ। वार्षिकोत्सवको दिन प्रभातफेरीको आयोजना गरी बुटवल नगर परिक्रमा गरिनेछ, जसमा विभिन्न सचेतनामूलक प्लेकार्डहरु प्रदर्शन गरिनेछन्।

    कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने तय गरिएको छ। यस अवसरमा अस्पताल परिवार, स्थानीय बासिन्दा र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहनेछ। अस्पताल व्यवस्थापन समितिका सदस्य लक्ष्मी खनाल, मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकाल, प्रशासकीय प्रमुख राजन केसी, ठगेश्वर घिमिरे, नेहा थापा, रुपलाल पाण्डे, चिरञ्जिवी घिमिरे र पदम खनालले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।

    लुम्बिनी प्रादेशिक अस्पतालको यो वार्षिकोत्सवले अस्पतालको योगदानलाई उजागर गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने प्रतिबद्धता दोहोर्याउने अपेक्षा गरिएको छ।

    प्रकाशित : बिहिबार, २४ माघ २०८१ , ०३:२० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend