logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अमेरिकामा फेरि दुई विमान ठोकिए

अमेरिकामा फेरि दुई विमान ठोकिए


  • मंगलबार, माघ २९ २०८१
  • 1.7K
    SHARES

    लोकसारथि, माघ २९ । अमेरिकामा एकपछि अर्को विमान दुर्घटना भइरहेका छन्। यस क्रममा सोमबार एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा दुई निजी विमान एकापसमा ठोकिएका छन्। 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

    उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट ​​बाहिर निस्केर पार्किङमा रहेको एउटा निजी जेटसँग ठोकिएको हो। 

    स्कट्सडेल अग्नि नियन्त्रण विभागका क्याप्टेन डेभ फोलियोले दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको बताए। चार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

    अमेरिकामा २ हप्ताभित्र यो चौथोपटक विमान दुर्घटना भएको हो। 

    गत जनवरी २९ मा मात्र वासिङ्टन डिसीमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर र यात्रुवाहक विमानसँग आकासमै ठोकिँदा ६७ जनाको मृत्यु भएको थियो। 

    यसको दुई दिनपछि फिलाडेल्फियामा उडान भरेको केही समयपछि मेडिकल विमान खस्दा ७ जनाको मृत्यु भयो भने कम्तीमा २४ जना घाइते भए।

    यस्तै गत हप्ता अलास्कामा एउटा सानो यात्रुवाहक विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भयो।

    प्रकाशित : मंगलबार, २९ माघ २०८१ , ०८:३४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend