logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

झापाको शिवसताक्षीमा महिलाको शव भेटियो

झापाको शिवसताक्षीमा महिलाको शव भेटियो


  • बुधबार, माघ ३० २०८१
  • 702
    SHARES

    झापा- झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ। एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मङ्गलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए। 

    सोमबारदेखि उनी सम्पर्कमा थिइनन्। छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्‍याएको थियो। 

    गङ्गाकुमारीका श्रीमान भारतमै बस्दै आएको वडाध्यक्ष आङ्गबोले बताए। घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ।

    प्रकाशित : बुधबार, ३० माघ २०८१ , ०२:२० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend