राधाचाकर राजू , १ फाल्गुन । लामो समय कलर ल्याब टेक्निसियनको रूपमा कार्य गर्दै डिजिटल प्रविधिसँगै आफूलाई सफल फोटोग्राफरका रूपमा स्थापित गरेका व्यवसायी भरत श्रेष्ठको अप्रत्याशित निधनले नेपाल फोटोग्राफर महासंघ अत्यन्त मर्माहित बनेको छ।
नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले एक शोक वक्तव्य जारी गर्दै दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।
नेपाल फोटोग्राफर संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष तथा उद्योग वाणिज्य संघका सदस्य मृतकका साला सन्तोष श्रेष्ठका अनुसार चर्चित फोटोग्राफर भरत श्रेष्ठको माघ २९ गते साँझ ४:३० बजे निधन भएको छ।
करिब आठ–नौ वर्षदेखि खुट्टा सुन्निने समस्या भोग्दै आएका श्रेष्ठलाई दुई वर्षअघि मिर्गौला रोग भएको पुष्टि भएपछि नियमित डायलाइसिस गर्दै आएका थिए। बुटवलस्थित मुटु अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भैरहवा मेडिकल कलेज लगिएको थियो।
डाक्टरहरूले फोक्सोमा पानी जमेको बताउँदै घाँटीमा प्वाल पारेर निकाल्नुपर्ने सल्लाह दिएका थिए। तर, परिवारजनले उनलाई पुनः बुटवल मुटु अस्पताल ल्याउने निर्णय गरे। बुटवल मुटु अस्पताल ल्याएपछि पाँच मिनेटभित्र नै भरत श्रेष्ठले अन्तिम सास लिए।
५२ वर्षीय श्रेष्ठको परिवारमा श्रीमती, एक छोरा रोशन श्रेष्ठ, र एक छोरी विनिशा श्रेष्ठ रहेका छन्। श्रेष्ठको उपचारमा हालसम्म करिब १६ लाख रुपैयाँ खर्च भइसकेको परिवारजनले बताएका छन्।
बदलिएको जीवनशैली र दीर्घ रोगको बढ्दो समस्या
आजभोलि धेरै मानिसहरू मिर्गौला, मुटु, कलेजो लगायतका दीर्घ रोगबाट पीडित भइरहेका छन्। क्यान्सरले पनि धेरैको जीवन असमयमै रोकिएको छ। विशेषज्ञहरूका अनुसार यस अप्रत्याशित परिणामको मूल कारण बदलिएको जीवनशैली हो।
व्यस्त दिनचर्याका कारण समयमा खाना खान र निद्रा लिन फुर्सद नपाउने, अशुद्ध भोजनको अत्यधिक सेवन गर्ने प्रवृत्तिले स्वास्थ्य समस्याहरू बढाएका छन्। प्राकृतिक र सात्विक भोजनबारे जानकारी नहुनु पनि रोग बढ्नुको कारण भएको छ।
स्वस्थ जीवनशैलीका लागि विशेषज्ञहरूले निम्न उपायहरू अपनाउन सुझाव दिएका छन्:
✔ सूर्यास्तभन्दा एक घण्टा अगाडि रात्रिकालीन भोजन गर्ने।
✔ सूर्यास्तपछि केही नखाने।
✔ पाकेको खानासँगै प्रशस्त काँचो भोजन (फलफूल, सलाद, उमारिएको गेडागुडी) समावेश गर्ने।
✔ रिफाइन्ड तेल, सेतो आयोडाइज्ड नुन, चिनी, चाउचाउ, चाउमिन जस्ता परिकारबाट टाढा रहने।
✔ मांसाहार त्यागेर शाकाहारी बन्ने।
✔ नियमित व्यायाम र ब्रह्मचर्यको पालन गर्ने।
✔ अत्यधिक यौन सम्पर्क मिर्गौला फेल हुने कारण बन्न सक्ने भएकाले सन्तुलित जीवनशैली अपनाउने।
विशेषज्ञहरूका अनुसार मिर्गौला फेल भएपछि डायलाइसिस र प्रत्यारोपणको भर पर्नेभन्दा आयुर्वेदिक वा प्राकृतिक उपचार प्रभावकारी हुन सक्छ। भारतीय प्राकृतिक चिकित्सक राजीव दीक्षितका अनुसार पीपलको पात र नीमको पातको आधा कप रस नियमित सेवन गरेमा तीन महिनामा मिर्गौला पुनः स्वस्थ हुन सक्छ।
स्वास्थ्य चेतनाको अभावकै कारण धेरै मानिसले डायलाइसिस र प्रत्यारोपणमा भर परेर जीवन गुमाइरहेको विज्ञहरू बताउँछन्। त्यसैले स्वस्थ जीवनशैली अपनाउने, प्राकृतिक आहार ग्रहण गर्ने, र नियमित व्यायाम गर्ने बानी बसाल्न विज्ञहरूले सुझाव दिएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
