logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

‘भुपेन्द्रा बुढा स्मृति क्याम्पिएन सी क्याप’ अन्तर्गत पाठेघरको मुखको क्यान्सर सचेतना अभियान सुरु

‘भुपेन्द्रा बुढा स्मृति क्याम्पिएन सी क्याप’ अन्तर्गत पाठेघरको मुखको क्यान्सर सचेतना अभियान सुरु


  • शनिबार, फाल्गुन ३ २०८१
  • 572
    SHARES

    लोकसारथि, ३ फाल्गुन । कल्प इम्पावर वेमेन नेपालले पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना अभियान सुरु गर्ने भएको छ। शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पुथा उत्तरगंगा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष स्वर्गीय भुपेन्द्रा बुढाको नाममा ‘भुपेन्द्रा बुढा स्मृति क्याम्पिएन सी क्याप’ अभियान सुरु गर्न लागिएको जानकारी गराइएको हो।

    गत भदौ २८ गते सडक दुर्घटनामा परी निधन भएकी भुपेन्द्रा बुढा ‘शी लिड्स आइकन’ को पहिलो संस्करणमा २७ प्रेरणादायी महिला जनप्रतिनिधिमा समावेश भएकी थिइन्। स्थानीय तहमा उनको स्मृतिमा सञ्चालन गरिने यस अभियानले महिलाहरूलाई सर्भिकल क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने, समयमै जाँच गराउने र जीवन रक्षाको अवसर प्रदान गर्ने लक्ष्य राखेको आयोजक संस्थाले जनाएको छ।

    यस अभियानलाई प्रवद्र्धन गर्न नायिका एलिजा गौतमलाई ‘सामाजिक अभियान दूत’ नियुक्त गरिएको छ। आयोजक संस्थाका अनुसार, समाजप्रति उनले देखाएको सक्रिय भूमिका, योगदान र समर्पणको उच्च मूल्यांकन गर्दै उनलाई यो जिम्मेवारी दिइएको हो।

    अभियान सञ्चालनमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका, बागलुङको बडीगाड गाउँपालिका, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, कालिकोटको पचालझरना गाउँपालिका, पर्साको पटेर्वा सुगौली गाउँपालिका, बैतडीको सिगास गाउँपालिका, बाजुराको गौमुल गाउँपालिका, साथै फिल्म अस्त्र, साथ सहयोग समर्थन नेपाल, युवा अभियान लुम्बिनी नेपाल लगायत विभिन्न स्थानीय तह र संघसंस्थाको सहकार्य तथा समन्वय रहनेछ।

    कल्प इम्पावर वेमेन नेपालले महिला राजनीतिमा सहभागिता, महिला स्वास्थ्य, उद्यमशीलता र किशोरी सशक्तिकरणका मुद्दामा वकालत तथा अनुसन्धान गर्दै सामाजिक रुपान्तरणमा योगदान पुर्याइरहेको छ।

    प्रकाशित : शनिबार, ३ फाल्गुन २०८१ , ०१:१४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend