काठमाडौं, ३ फागुन – पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा भएको बेलुन विस्फोटमा परेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार जारी छ।
घटनापछि अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर आचार्यको फिस्टेल अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि दुवैजनालाई काठमाडौं पठाइएको हो।
कीर्तिपुर अस्पतालले सार्वजनिक गरेको स्वास्थ्य विवरणअनुसार प्रारम्भिक मूल्यांकनमा पौडेल र आचार्यको शरीरको ५-६ प्रतिशत भाग जलेको छ। अनुहारमा समेत जलन भएकाले स्वासनली र फोक्सोमा असर गर्न सक्ने सम्भावना रहेकोले उनीहरूलाई उच्च निगरानीमा राखेर उपचार गरिनुपर्ने अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीका अनुसार, घाइतेहरूको उपचारका लागि प्राडा बीडी झा, डा. प्रविण गिरी नेतृत्वको सघन उपचार टोली खटिएको छ। साथै जलन विशेषज्ञ प्राडा शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादवसहितको टोली, आकस्मिक उपचारका लागि डा. प्रयुस अर्याल, र नर्सिङ टोलीका सदस्यहरू रिता गौचन, निर्मला कुँवर, तृष्णा महर्जनलगायत चिकित्सकहरू घाइतेहरूको उपचारमा संलग्न छन्।
अस्पतालले अवस्था जटिल हुन सक्ने भएकाले विशेष सावधानी अपनाइएको जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
