logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

ललितपुर महानगरद्वारा अनधिकृत संरचनामा डोजर, ऐतिहासिक न्हुँ पोखरी संरक्षणको तयारी

ललितपुर महानगरद्वारा अनधिकृत संरचनामा डोजर, ऐतिहासिक न्हुँ पोखरी संरक्षणको तयारी


  • सोमबार, फाल्गुन १२ २०८१
  • 715
    SHARES

    लोकसारथि, १२ फागुन । ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचनाहरू हटाउन डोजर चलाएको

    ललितपुर(५ मा रहेको ऐतिहासिक न्हुँ पोखरीको संरक्षण र पुनर्निर्माण गर्ने उद्देश्यले सोमबार बिहान महानगरले वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत संरचनाहरू हटाउने कार्य थालेको हो।

    ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाच्छेथुका अनुसार, “त्यहाँ एउटा ऐतिहासिक पोखरी छ, जुन धेरैलाई थाहा छैन। पोखरीलाई पुनर्निर्माण गर्न अस्थायी र अनधिकृत भवन हटाउन लागिएको हो।”

    महानगरले ऐतिहासिक सम्पदाको संरक्षण र सार्वजनिक स्थलको व्यवस्थापनलाई प्राथमिकता दिँदै यस्ता अवैध संरचनाहरू हटाउने अभियानलाई तीव्रता दिने जनाएको छ।

    प्रकाशित : सोमबार, १२ फाल्गुन २०८१ , ०५:५६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend