logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

डा विकास देवकोटाले स्वास्थ्य सचिवको पदभार सम्हाले

डा विकास देवकोटाले स्वास्थ्य सचिवको पदभार सम्हाले


  • बिहिबार, फाल्गुन २२ २०८१
  • 1.1K
    SHARES

    लोकसारथि, २२ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नव नियुक्त सचिव डा विकास देवकोटाले बिहीबार पदभार ग्रहण गरेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो।

    वि.सं. २०५३ सालमा मेडिकल अधिकृतका रूपमा स्वास्थ्य सेवा प्रवेश गरेका डा देवकोटाले जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल हुँदै प्रदेश स्वास्थ्य सचिवसम्म विभिन्न तहमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। साथै, उनले स्वास्थ्य सेवा विभागको महानिर्देशकस्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख का रूपमा पनि कार्यान्वयनको अनुभव हासिल गरिसकेका छन्।

    कोभिड-१९ महामारीको समयमा मन्त्रालयले गर्ने नियमित स्वास्थ्य ब्रिफिङमा उनको प्रस्तुति निकै लोकप्रिय बनेको थियो। स्वास्थ्य नीतिहरूमा राम्रो पकड भएका कारण मन्त्रालयभित्र उनलाई नीतिगत विषयहरूमा निर्णय लिन सक्ने सक्षम कर्मचारी का रूपमा लिने गरिएको छ।

    डा देवकोटा सचिवमा बढुवा भएपछि स्वास्थ्य सेवा विभागको महानिर्देशक पद रिक्त भएको छ। सो पदका लागि डा संगीता कौशल मिश्र वा डा टंक बाराकोटीमध्ये एक जनालाई नियुक्त गर्ने तयारी गरिएको छ।

    प्रकाशित : बिहिबार, २२ फाल्गुन २०८१ , १२:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend