तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित तेश्रो  दीक्षान्त समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनीयरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिक शास्त्र गरी सबै संकाय र स्कुलहरुबाट अध्ययन पुरा गरेका विद्यार्थी दीक्षित भएका हुन् । स्नातक तहमा दुई हजार एक सय ८९ र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा उपाधि हासिल गरेका एक हजार छ सय ६३ विद्यार्थी दीक्षित भएका हुन् । यसैगरी व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भएका हुन् ।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र पि लामा प्रमुख अतिथि रहेको दीक्षान्त कार्यक्रममा कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले विभिन्न तहका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरे । 

विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा नयाँ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.