logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

काठमाडौंमा अपराह्नपछि वर्षा हुने 

काठमाडौंमा अपराह्नपछि वर्षा हुने 


  • बुधबार, फाल्गुन २८ २०८१
  • 2.1K
    SHARES

    काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात पनि हुनेछ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा छ ।

    विभागले दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । 

    कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

    काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । मौसमविद् विनु महर्जनका अनुसार आज काठमाडौंमा वर्षा हुनेछ । 

    “आज दिनभर काठमाडौंमा आंशिकदेखि साधारणतया बदली हुनेछ,” उनले भनिन्, “अपराह्नपछि काठमाडौंका केही स्थानमा हल्का वर्षा हुनेछ ।” 

    दिउँसो २ बजेपछि खण्डवृष्टिको सम्भावना रहेको हो । हिजो पनि काठमाडौंमा केही स्थानमा छिटपुट वर्षा भएको थियो । 

    हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    प्रकाशित : बुधबार, २८ फाल्गुन २०८१ , ०१:१३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend