अछाम, लोकसारथि, २३ चैत । – अछाम जिल्लाको साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्मर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ।
चैते दसैँको अवसरमा गाउँमा खसी काटी पकाइएको मासु खाने क्रममा मासु घाँटीमा अड्किँदा उनी बेहोस भएका थिए। उनलाई तत्कालै उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीका अनुसार, उपचारका क्रममा आज दिउँसो कुँवरको मृत्यु भएको हो।
अनुसन्धानका लागि प्रहरी टोली खटियो
उक्त घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जानकारी प्रहरीले दिएको छ।
स्थानीयवासीले घटनाप्रति दुःख व्यक्त गरेका छन् भने प्रहरी अनुसन्धानपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
