logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सिंहदरबार अगाडि जेन–जी आन्दोलनका घाइते पक्राउ

सिंहदरबार अगाडि जेन–जी आन्दोलनका घाइते पक्राउ


  • आइतबार, असोज ५ २०८२
  • 728
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    प्रधानमन्त्रीलाई भेट्न भन्दै आइतबार सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    जेन–जी आन्दोलन हाइज्याक भएको आरोप लगाउँदै सिंहदरबार प्रवेश गरेका घाइतेहरू आक्रोशित भएपछि प्रहरीसहितको सुरक्षा टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

    ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि आक्रोश

    घाइतेहरूले ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि समेत आक्रोश प्रकट गरेका थिए। उनीहरूले गुरुङलाई जेन–जी पुस्ताको नेता मान्न नसकिने भन्दै नारा लगाएका थिए।

    शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधि सह्य नहुने चेतावनीसमेत दिइएको थियो। गुरुङको नाम लिएर होहल्ला मच्चिएपछि प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिन हस्तक्षेप गरेको थियो।

    पृष्ठभूमि

    जेन–जी आन्दोलन भदौ २३ र २४ मा उत्कर्षमा पुगेको थियो, जसमा केही युवाले ज्यान गुमाए भने धेरै घाइते भएका थिए। आन्दोलनकारीहरूले सरकारसमक्ष विभिन्न मागहरू राख्दै आएका छन्।

    प्रकाशित : आइतबार, ५ असोज २०८२ , ०६:५९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend