logo

सोमबार, ११ साउन २०८३

सोमबार, साउन ११ २०८३

झापामा बस दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते

झापामा बस दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते


  • शुक्रबार, असोज १७ २०८२
  • 715
    SHARES

    लोकसारथि संवाददाता, झापा ।

    झापाको बिर्तामोड नगरपालिकाको वडा नं. ६ स्थित गिरिबन्धु चिया बगान अगाडि पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

    इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको बस बिहान करिब सवा ९ बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।

    मृत्यु हुनेमा सुनसरीको इतहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र मोरङको रंगेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरी रहेका छन्। चौधरी बसका सहचालक रहेको प्रहरीले जानकारी दिएको छ।

    घाइतेहरुलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सि अस्पताल लगिएको छ। उनीहरूमध्ये केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित : शुक्रबार, १७ असोज २०८२ , ०८:४५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend