logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सूचना तथा सञ्चार मन्त्रालयले जानकारीको प्रभावकारी प्रवाहका लागि दियो निर्देशन

सूचना तथा सञ्चार मन्त्रालयले जानकारीको प्रभावकारी प्रवाहका लागि दियो निर्देशन


  • शनिबार, असोज १८ २०८२
  • 728
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    देशभरि केही दिनदेखि लगातार भारी वर्षा भइरहेको र यसका कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा सञ्चार सेवा अवरुद्ध नहुने गरी तयारी हुनुपर्ने माग गरिएको छ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री जगदीश खरेलको उपस्थितिमा आज मन्त्रालयमा आयोजित बैठकमा सबै सञ्चार सेवा प्रदायकलाई सम्भावित संकटको सामना गर्न आवश्यक तयारी गर्न निर्देशन दिइएको छ। मन्त्री खरेलले आपत्कालीन परिस्थितिमा नागरिकलाई समयमै सही सूचना प्रवाह गराउन सञ्चार सेवा प्रदायकको भूमिका महत्वपूर्ण हुने बताए।

    बैठकमा मन्त्री खरेलले सबै सम्बद्ध निकायलाई अवरुद्ध हुन सक्ने सञ्चार संरचनासँग सम्बन्धित आपत्कालीन योजना तयार गर्न र निरन्तर निगरानी गर्न समेत निर्देशन दिएका छन्।

    सञ्चार अवरोधको अवस्थामा सम्पर्क गर्न सकिने सेवा प्रदायकका फोन नम्बर निम्नानुसार छन्:

    निकाय सम्पर्क फोन नं.
    नेपाल दूरसञ्चार कम्पनी (NTC) १४९८
    एनसेल (NCell) ९००५
    इन्टरनेट सेवा प्रदायक (ISPAN) ९८५१०२६२४१
    नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ०१-५५२२३२२ / ०१-५५२३२०३
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ०१-४२११५६३ / ०१-४२१११५१

    मन्त्रालयले सबै नागरिकलाई सचेत रहन र आपतकालीन अवस्थामा माथि दिइएका सम्पर्क नम्बर प्रयोग गर्न आग्रह गरेको छ।

    प्रकाशित : शनिबार, १८ असोज २०८२ , ०८:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend