Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गोरुको मासु र धरानको आन्दोलन

गोरुको मासु र धरानको आन्दोलन


  • बिहिबार, साउन ३२ २०८०
  • 585
    SHARES

    —दिल निसानि मगर

    गोरुको मासु खाएका तामाङहरु निकै बलिया थिए। तिनीहरुले शासकका लागि गाडी नै बोकेर हिडे । गोरुको मासु खाने मोटा, मोटा तिघ्रा–पाखुरा भएका आदिवासी जनजातिहरु पनि निकै बलिया थिए । तिनीहरुले ईमान्दारीपूर्वक पहिलो र दोश्रो विश्व युद्ध लड्न गए। गोरुको मासु खाने कामीहरु झन् बलिया थिए, तिनीहरुले आरनमा दश किलोको घन ठटाएर कुटो, कोदालो र गाग्री बनाए । यस कारण खाने कुराको संस्कृति मूलतः, श्रमसँगग जोडिएको हुन्छ ।

    ब्राह्मणहरुले कहिल्यै श्रमको काम गरेनन् । पलेटी कसेर पूजापाठ गर्दा, ज्योतिषीय काम गर्दा कुनै शारीरिक शक्तिको आवश्यकता पर्दैनथ्यो। गोरुको मासु नखाएका ब्राह्मणहरुले कहिल्यै हलो जोतेनन्, भरिया भएनन्, लड्न कस्सिएनन्। किनकी तिनीहरु हट्टाकट्टा थिएनन्। पछिल्लो समय विश्वमा औधोगिक क्रान्ति भयो। सबैले सबै प्रकारको श्रम गर्नु पर्ने बाघ्यता आई लाग्यो। त्यसपछि सबैले सबै प्रकारको जनावरको मासु खान थालेका छन्। आजभोलि सबै हट्टाकट्टा देखिन्छन्।

    विज्ञानको दृष्टिले गोरुको मासु खानु एकदमै राम्रो मानिन्छ। अफ्रिकी सिभिलाईजेशन शिकारीहरुको सिभीलाईजेशन हो। मासु खाएकै कारण प्रजनन क्षमता विकास भएर संसारभरी मान्छेहरु छरिएका छन्। गोरुको मासु खाने मान्छेले नै सर्वप्रथम आगो पत्ता लगाए। गोरुको मासु खाने राईट दाजुभाईले हवाई जहाज बनाए, गोरुको मासु खाने चार्ल्स बैबेजले कम्प्यूटर बनाए, गोरुको मासु खाने ग्राम बेलले टेलिफोन बनाए। गोरुको मासु खाने झाङ यिमिङले टिकटक बनाए।

    कानून भनेको त मानवीय पो हुनुपर्ने हो। तर नेपालमा धार्मिक कानून अन्य समुदायलाई दबाउनका लागि जबर्जस्ती लाद्ने काम भयो। जंगबहादुरले बनारसबाट मनुस्मति नीति ल्याएर निकै दुःख दिए । त्यो त्यस्तो कानून जुन कानूनमा ब्राह्मणहरु बाहेक अरु सबै जेल पर्नसक्ने कानून । गोरुको मासु खाएको कारण लाखौं , हजारौं जेल परेका छन् त्यसमध्ये नब्बे प्रतिशत त रिसबीका कारण झुटो आरोपमा निर्दोष मान्छे जेल परेका छन्। मासु खाएको कारण जेल जानुपर्ने देश सायद विश्वमा नेपाल मात्रै होला।

    अहिलेसम्म नेपालमा गोरुको मासु लुकिछिपी नै खाने गरेका छन्। बजारको चोकमा गोरुको मासु पसल कतै छ जस्तो त लाग्दैन । राष्ट्रिय जनावरको संरक्षणमा राज्यले लगानी गरेको पनि देखिदैन । खानुसम्म दूध खाएर सडकमा ल्याएर छाडा छाडिएका गौमाताहरुको दुःखलाई धर्मभीरुहरुले कहिल्यै देख्दैनन् तर पल्टिएर मरेको गोरुको मासु खाँदा कानूनको ठेली बोकेर उपस्थित हुन्छन् । परापूर्वकालदेखि गोरुको मासु खाँदै, प्रयोग गर्दै आईरहेका समुदाय माथि अत्याचार नै भए पछि प्रतिरोधको आन्दोलन त हुने नै भयो। धरानमा भएको त्यही हो।

    विसं २०१४ साल भन्दा अगाडि नेपाल हिन्दू राष्ट्र थिएन । राष्ट्रिय जनावर पनि थिएन। तर यो भूमिमा हजारौ वर्षदेखि मान्छेहरु थिए, तिनीहरुले धेरै श्रम गर्थे। श्रम गरेर नै तिनीहरुले यो भूमि खेतीयोग्य बनाएका थिए। धान, मकै, अन्नबाली कुनै भगवानले फलाई दिएको हैन, मान्छेले फलाएको हो । तर भगवान समानका श्रमजीवी मान्छेहरुलाई अधर्मी, पापी करार गरेर जुन प्रकारको घृणा र तिरस्कारको बाण प्रहार भईरहेको छ, त्यो हेर्दा यो देश अझै यसरी नै संसारकै नम्बर एकको हरितन्नम हुने निश्चित प्रायः छ ।

    प्रकाशित : बिहिबार, ३२ साउन २०८० , ०७:२० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend