Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

६० वर्ष नाघेका ज्येष्ठ नागरिकले उपचार खर्चमा ५० प्रतिशत छुट पाउने

६० वर्ष नाघेका ज्येष्ठ नागरिकले उपचार खर्चमा ५० प्रतिशत छुट पाउने


  • शनिबार, भाद्र ९ २०८०
  • 286
    SHARES

    रुपन्देही, भदौ ९  । अब ६० वर्ष माथिका जेष्ठ नागरिकहरुले केन्द्रीय अस्पतालहरुमा उपचार गर्दा ५० प्रतिशत छुट पाउने भएका छन् ।
    स्वास्थ्य मन्त्रालयले यहि बुधबार सचिवस्तरीय निर्णय गर्दै जेष्ठ नागरिकको उपचारमा छुट सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन सबै केन्द्रीय अस्पताललाई परिपत्र गरेको छ ।

    परिपत्रमा मन्त्रालयले केन्द्रीय अस्पतालहरुलाई जेष्ठ नागरिक सम्वन्धी ऐन २०६३ अनुसार दिने भनिएको स्वास्थ्य सुविधा उपलव्ध गराउन भनेको छ ।
    यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै जेष्ठ नागरिक सम्वन्धी ऐन कार्यान्वयन गर्न अनुरोध गरेको थियो ।

    ‘जेष्ठ नागरिक सम्वन्धी ऐन २०६३ मा यातायात र स्वास्थ्य क्षेत्र लगायतका क्षेत्रमा जेष्ठ नागरिकहरुलाइ दिने भनिएका सेवा सुविधाहरु यातायातका सबै साधान र स्थान तथा सबै अस्पतालहरुमा कार्यान्वयन गरियोस,’ भन्ने छ ।
    स्वास्थ्य मन्त्रालयले पनि कार्यान्वयन गर्न संघीय अस्पतालहरुलाई अनुरोध गरेको हो ।

    उसले सबै विभाग र सबै केन्द्रीय अस्पतालहरुका नाममा गरेको परिपत्रमा पनि सेवानिबृत्त राष्ट्रसेवक संघ नेपालको पत्रको बुँदा नम्बर ५ कार्यान्वयन गरियोस भनेको छ ।
    जेष्ठ नागरिक सम्वन्धी ऐनको दफा ९ को ३ र ४ मा जेष्ठ नागरिकको उपचारमा हुने छुट तथा सुविधाका बारेमा उल्लेख छ ।

    उपदफा ३ मा ‘स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले जेष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नुु पर्नेछ’ भनिएको छ ।
    नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नेपाल सरकारले तोकेको संख्याका जेष्ठ नागरिकले उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनु पर्नेछ,’ भनिएको छ ।

    प्रकाशित : शनिबार, ९ भाद्र २०८० , ०८:४८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend