Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

प्रेममा फसेका डाक्टर हराएको १० औं दिन मृतावस्थामा फेला

प्रेममा फसेका डाक्टर हराएको १० औं दिन मृतावस्थामा फेला


  • बुधबार, भाद्र २० २०८०
  • 65
    SHARES

    झापा । दमक १ का डा. प्रज्वल कोइराला वेपत्ता भएको १० दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
    सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा माछा मार्ने मान्छेले देखेर प्रहरीलाइ खवर गरे पछि गएर हेर्दा डा. कोईरालाको फोटोसंग मिल्दो जुल्दो भएको विपद व्यवस्थापनमा समेत कार्य गर्दै आउनु भएका सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिनु भयो ।

    शव धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको छ । डा. कोइराला अघिल्लो आइतवार बेलुकी ड्युटी सकेर हिडेका थिए । वेपत्ता भएको भोलिपल्ट भदौ ११ गते उनको सवारी साधन चतराको पुलपारी फेला परेको थियो ।
    गाडी राखेको क्षेत्रमा लगाइएको सिसि क्यामेरा फुटेजमा उहाँ चतराको पुलमा यता उता गरेको र खोलामा टहलाएको देखिन्छ । कोईरालाको मोवाईल, जुत्ता र गाडी पुलमा फेला परेको थियो ।

    प्रहरी स्रोतका अनुसार अन्तिम समयमा उहाँका प्रेमी भनिएकी एक युवतीसंग कुराकानी भएको देखिन्छ । ती युवतीसंग बयान लिँदा २ जनाबीच प्रेम भएको समेत पाईएको छ ।

    मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत ३२ बर्षीय डा. कोइरालाले दमकको लाइफलाइन अस्पतालमा ३ बर्षभन्दा लामो समय काम गरेका थिए । सीसी क्यामेरा फुटेज, मोवाइल कल डिटेल्स र ति युवतीसँगको बयान समेतलाई आधार मान्दा डा. कोइरालाले कसैसँगको प्रेम सम्बन्ध सफल हुन नसक्ने अवस्था महसुस गरेर कोशीमा हाम्फालेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । डा. कोइराला भदौ १० गतेदेखि सम्पर्कमा आएका थिएनन् ।

    प्रकाशित : बुधबार, २० भाद्र २०८० , १०:५६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend