Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

दक्ष जनशक्ति चिन्नै नसकेर कंगाल बन्यो नेपाल

दक्ष जनशक्ति चिन्नै नसकेर कंगाल बन्यो नेपाल


  • आइतबार, भाद्र ३१ २०८०
  • 195
    SHARES

    भदौ ३१, रुपन्देही । नेपालमा राम्रो गुणस्तरीय शिक्षा हासिल गर्न सकिने उच्च स्तरका College, University हरुको निकै अभाव छ, यो सर्वविदितै कुरा हो । दु:ख गरेर रिन खोजेर पढ्न इच्छुक विद्यार्थीहरु आफ्नो सम्पत्ति बेचेर वा ऋण खोजेरै भए पनि उच्च शिक्षा हासिल गर्न बिदेश जान्छन र आफ्नै देशको सेवा गर्ने दृढ संकल्प बोकेर नेपाल फर्कन्छ्न ताकि आफ्नै देशमा आफ्नै परिवारको साथमा रमाउदै जीवन बितोस् ।  तर जब उनि हरु पढेर नेपाल फर्किन्छन यहाँको सिस्टम रुल रेगुलेसन देखेर उनीहरु फेरि विदेशै पलायान हुन बाध्य हुन्छन्।  बिदेसिनु रहर होइन बाध्यता हो तर नेपालको नेता महोदयहरुले सिस्ट्म नै यस्तो बनाइदिए कि बिदेशिनु अब बाध्यता मात्र नभएर रहर हुन थाल्यो। न आफ्नो योग्यता अनुसारको जागिर, न व्यापार व्यवसाय गर्न उचित वातावरण ।

    बेथिति र भ्रष्टाचारमा गाँजिएका क्षमताविहीन र अदूरदर्शी नेताहरुले चलाएको देशमा यस्ता सयौं उदाहरण हरु जसमध्ये एक पात्रको यस लेखमा उल्लेख गरिएको छ ।

    दक्षिण कोरियाको योन्से विश्वविद्यालयबाट ‘औषधि रसायन विज्ञान’ मा विद्यावारिधि गरेका डा. दीर्घ राज जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा गर्न चाहन्थे। तर, आफ्नो डिग्रीको समकक्षता बनाउनका लागि त्रिवि धाउँदा धाउँदा उनी थाके । कागजपत्र हरायो भन्दै ६ महिना झुलाइदिए,  यो कागज छैन, त्यो मिलेन भन्दै धेरै पट्क दुख दिए। यस्ता विक्षिप्त कार्यालय प्रमुखहरुको निकृष्ट व्यवहारबाट आजित भएका डा. जोशी नेपालमा आफ्नो सिप, ज्ञान र क्षमताको सम्भावना नै नदेखेपछि देश छाडेर जाने निधो गरे । योग्यता र आत्मविश्वासको आधारमा उनले सपनाको देश America अप्लाइ गरे। America लगायत लगायतका विकसित देशहरुले दक्ष जनशक्तिको पहिचान र उचित व्यवस्थापन गर्न जानेका छन् ।

    उनलाइ सपरिवार  ग्रीनकार्ड सहितको भिसा  दिएर आफ्नो देशमा बोलायो अमेरिकाले । उनी अहिले अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थ विभागको बायोमेडिकल रिसर्च सेन्टरमा अनुसन्धानकर्ता भएर काम गर्दैछन्। देशले चिनेन, अमेरिकाले चिन्यो । देशमा विज्ञ किन बस्न सक्दैनन् कारण थुप्रै छन् ।

    हाम्रा थुप्रै बिज्ञहरु बिदेशको रिसर्च, इनोभेसन सेन्टर, आविष्कार केन्द्र, बिज्ञान तथा प्रबिधि अनुशन्धान केन्द्र लगायत थुप्रै उच्च स्तरीय बिभागमा कार्यरत छन् । नेपालको हकमा  विज्ञहरू ईन्डेन्जर्ड स्पेसिस हुदैछन्। जस्को सक्षता नेपालले पाउनु पर्नेमा बिदेशले लिइरहेको छ। यस्को जिम्मेबार को किन र कहिले सम्म? नेपालले आफ्ना दक्ष जनशक्ति लाइ कहिले चिन्ने?

    प्रकाशित : आइतबार, ३१ भाद्र २०८० , ०२:३५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend