Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने नेपाल भ्रमणमा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने नेपाल भ्रमणमा


  • आइतबार, कार्तिक १२ २०८०
  • 637
    SHARES

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका महासचिवलाई परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले स्वागत गरेका थिए । भ्रमणको पहिलो दिन आइतबार महासचिव गुटेरेसले राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मामिलाले बताए ।

    महासचिवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा छुट्टाछुट्टै भेट गर्नेछन् । त्यसैगरी गुटेरेसले उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । भेटघाटपछि उनले ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रुपमा रहेको पाटन दरबार स्क्वायरको अवलोकन गर्नेछन् ।

    प्रधानमन्त्री दाहालले आइतबार साँझ महासचिव गुटेरेसको सम्मानमा रात्रिभोज आयोजना गर्ने छन् । भ्रमणका क्रममा महासचिव सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । उनले मंगलबार अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

    सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिवको जिम्मेवारी सम्हालेपछि पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका गुटेरेससँग शान्ति प्रक्रिया, दिगो विकास र जलवायु परिवर्तनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रकाशित : आइतबार, १२ कार्तिक २०८० , ०७:२५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend