Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

भूकम्पमा परी मृत्यु हुनेमा झण्डै आधा बालबालिका थिए

भूकम्पमा परी मृत्यु हुनेमा झण्डै आधा बालबालिका थिए


  • सोमबार, कार्तिक २० २०८०
  • 169
    SHARES

    शुक्रबारको भूकम्पमा ज्यान गुमाउनेमध्ये झण्डै आधा बालबालिका रहेको पाइएको छ ।

    प्रहरीको तथ्यांकअनुसार मंसिर ३ गते रातिको भूकम्पमा परी मृत्यु हुने १५७ जनामध्ये ७८ बालबालिका थिए । मृत्यु हुने बालबालिकामध्ये जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जनाको भूकम्पका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

    रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु भएका ५२ जनामध्ये २८ बालबालिका रहेको जिल्ला प्रहरी प्रमुख नामराज भट्टराईले जानकारी दिए । “रुकुम पश्चिममा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्। १० महिनाका दुई बालबालिकाले पनि ज्यान गुमाएका छन्,” उनले भने।

    जाजरकोट प्रहरीका अनुसार जाजरकोटमा मृत्यु हुनेमा १ सय ५ जना बालबालिका, ३३ महिला र १८ पुरुष रहेका छन् । रुकुम पश्चिममा भूकम्पमा परी १६ महिला र आठ पुरुषको मृत्यु भएको छ ।

    प्रकाशित : सोमबार, २० कार्तिक २०८० , ०२:२० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend