Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

कुष्ठरोग निवारण, बाँके-बर्दियाका लागि ठूलो चुनौती बन्दै

कुष्ठरोग निवारण, बाँके-बर्दियाका लागि ठूलो चुनौती बन्दै


  • आइतबार, कार्तिक २६ २०८०
  • 234
    SHARES

    बाँके, : विगतका वर्षको तुलनामा कुष्ठरोगका बिरामीमा कमी आए पनि लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लामा यो दीर्घकालीन सरुवा रोगका नयाँ विरामीहरु भेटिने क्रम बढ्दै गएको छ ।

    आर्थिक वर्ष २०७९-८० (२०२२-२३) बाँकेको जानकी गाउँपालिकास्थित शिनिङ अस्पतालमा १२६ जना कुष्ठरोगका बिरामी फेला परेका थिए । गत वर्ष फेला परेका बिरामीमध्ये ५५ बाँकेका, ३७ बर्दियाका र बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाका रहेको अस्पतालका प्रमुख मंगलबहादुर थारुले बताए ।

    एनजीओ आईएनएफ नेपालद्वारा सञ्चालित अस्पतालले आर्थिक वर्ष २०७८-७९ (२०२१-२२) मा १५७ जना कुष्ठरोगी पहिचान गरेको थियो । लुकेको रोग पत्ता लगाउन विभिन्न स्थानमा नियमित शिविर सञ्चालन भइरहेको थारुले बताए ।

    नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले कुष्ठरोग रोकथाममा चुनौती रहेको स्वीकार गर्दै लुकेका बिरामी पहिचान गर्न कुष्ठरोग शिविरलगायतका थप पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

    जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कुष्ठरोग फोकल पर्सन जीवन रजौरेले कुष्ठरोगीप्रतिको सामाजिक धारणा अझै पूर्णरुपमा परिवर्तन हुन नसकेको र यो रोग लागेका व्यक्तिले समाजमा कलंक बेहोर्नुपरेको बताए । “यसले चिकित्सा हेरचाहमा उनीहरूको पहुँचमा बाधा पुर्‍याएको छ।”

    बाँके जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले कुष्ठरोग विरुद्ध जनचेतना अभिवृद्धि गर्न, पत्ता नलागेका बिरामीको पहिचान गर्न र यस क्षेत्रमा रोकथाम प्रयासमा योगदान पु¥याउन आईएनएफको भूमिकाको प्रशंसा गर्नुभयो । उनले जिल्लामा कुष्ठरोग निवारणका लागि जिल्लामा बजेट विनियोजन गर्न तीन तहका सरकारबीच सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्रकाशित : आइतबार, २६ कार्तिक २०८० , ०३:१९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend