Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

घर फर्कन सकेका छैनन् लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार

घर फर्कन सकेका छैनन् लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार


  • बिहिबार, कार्तिक ३० २०८०
  • 767
    SHARES

    जुगल गाउँपालिका-२ स्थित लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार हालसम्म घर फर्कन सकेका छैनन् । लिदिमा ०७७ साउन ३० गते बिहान गाउँभन्दा माथिबाट आएको पहिरोले ३५ घर पुरेको थियो । पहिरोमा परी २० महिला सहित ३९ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।

    पहिरोपछि लिदिका १ सय ८० घर जोखिममा परेको थियो । जोखिममा परेका सबै घरका परिवारहरू जुलग गाउँपालिका-१ स्थित सेलाङको बासखर्कमा विस्थापित भएर बस्दै आएका थिए । बासखर्कमा पनि पालमुनि सधैँभरी बस्न नसकेपछि १ सय ७ घर परिवार भने जोखिमयुक्त बस्ती लिदिमै फर्केका थिए । सेलाङको बासखर्कमा पाल टाँगेर बस्दै आएका ७३ घर परिवारहरू मध्य सात घर परिवार ०७७ असोज महिनामा काठमाडौँ गएकोमा उनीहरू हालसम्म घर फर्केका छैनन् ।

    घर, जग्गा, बस्तुभाउ मात्र होइन परिवारका आफन्त समेत पहिरोमा परेर मृत्य भएपछि दिदिका सात घर परिवार गाउँ फर्कन नसकेको स्थानीय डोल्मा दोङले बताउनु भयो । पहिरोपछि सेलाङको बासखकमा विस्थापित भएकाहरू मध्य १ सय २० घर परिवार ०७९ असोजमा पुनः गाउँ फर्केका हुन् । गाउँ फर्केका १ सय २५ जना बालबालिकाहरू मध्ये अहिले ८० जना बालबालिकाहरू लिदिस्थित श्री सातकन्या आधारभूत विद्यालयमा पढ्दै छन् भने बाँकी ४५ जना बालबालिकाहरू विद्यलयको पढाइ छाडेर चौरी गोठ र भेडीगोठमा काम गर्ने गरेको स्थानीय शिक्षक सुनलाल दोङले बताउनु भयो ।

    लिदिको पहिरोबाट विस्थापित भएकाहरू सबैलाई गाउँमा पुनस्थापित गराउन पहल भइरहेको जुगल गाउँपालिका-२ का वडा अध्यक्ष चन्द्रकाजी लामाले इन्सेकलाई जानकारी दिनुभयो ।

    प्रकाशित : बिहिबार, ३० कार्तिक २०८० , ०७:४६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend