logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार


  • शुक्रबार, मंसिर १ २०८०
  • 260
    SHARES

    मंगलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति शेरबहादुर भण्डारीलाई ०८० कात्तिक २९ गते गिरफ्तार गरेको छ ।

    उर्मिलाको कात्तिक २९ गते हत्या भएको भन्दै आरोपित पति विरुद्ध माइती पक्षले कात्तिक २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका डीएसपी सन्तोष पाठकले बताउनु भयो ।

    प्रारम्भिक अनुसन्धानबाट मृतक उर्मिलाको टाउँको र शरीरका अन्य भागमा चोटपटक देखिएको भए पनि पोष्टमार्टम प्रतिवेदनका आधारमा मात्रै हत्या गरिएको हो वा हैन भनेर भन्न सकिने डिएसपी पाठकले बताउनु भयो  ।

    यस अघि पनि उर्मिलालाई आरोपित पतिले पटकपटक कुटपिट गर्ने गरेको र यस पटक हत्या नै गरिएको मृतकका भतिजा पुष्पकुमार विष्टले बताउनु भयो ।

    शवको पोष्टमार्टम ०८० कात्तिक ३० गते जिल्ला अस्पताल, मंगलसेनमा गरी कात्तिक ३० गते नै आफन्तले शवको दाहसंस्कार गरेका छन् ।

    प्रकाशित : शुक्रबार, १ मंसिर २०८० , ०४:५० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend