Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर प्रभावित

स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर प्रभावित


  • शनिबार, मंसिर २ २०८०
  • 325
    SHARES

    आमाछोदिङमो गाउँपालिकामा रहेका स्वास्थ चौकीहरूमा सुरक्षित सुत्केरी गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर प्रभावित भएको छ । सरकारले मातृ तथा शिशुको मृत्यु दर घटाउन गाउँ गाउँमा बर्थिङ सेन्टर खोले पनि आमाछोदिङमो गाउँपालिकामा रहेको सात स्वास्थ्य चौकी मध्ये चार स्थानमा रहेको बर्थिङ सेन्टर दरबन्दी अनुसार कर्मचारी अभाव भएकोले सेवा प्रभावित भएको हो ।

    गाउँमा सुत्केरी गराउने भने पनि कर्मचारी र सेवा राम्रो नभएको स्थानीय लोबु लामाले बताउनु भयो । हाकु, थाम्बुचेत, गतलाङ र गोल्जुङमा रहेको स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव रहेको स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनु भयो । गाउँपालिकामा स्थायी आठ, करारमा १४ जना कार्यरत रहेको र पाँच जना रिक्त रहेको तामाङले बताउनु भयो ।

    आमाछोदिङमो गाउँपालिकामा बर्थिङ सेन्टर छन् । तर सुत्केरी गराउन त्रिशूली वा काठमाडौँ जानु पर्ने बाध्यता परेको आमाछोदिङमो गाउँपालिका-४, गोल्जुङका च्याङबा तामाङले जानकारी दिनुभयो । कर्मचारीहरू सरुवा भएर जाने तर नआउने समस्या छ । स्थायी दरवन्दीका कर्मचारी माग भए पनि प्रदेश लोक सेवा आयोगले पठाउने स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनु भयो ।

    सेवाग्राहीले सेवा पाउनु मुख्य कुरा भएकोले नीतिगत रूपमा भएको व्यवस्थाले मात्र नहुने र त्यसको व्यवहारमा कार्यन्वयन हुनु पर्ने गैरसरकारी संस्था महाङ्घ रसुवाका सचिव रितमान वाइवाले इन्सेकलाई बताउनु भयो । सरकारले नीतिगत रूपमा गाउँगाउँमा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर खोल्ने तथा निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था भए पनि व्यवहारमा हुन सकेको छैन ।

    नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा प्रत्येक नागरिकलाई स्वस्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ । सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार किटान गरिएको छ । तर, रसुवाको आमाछोदिङमो गाउँपालिकामा रहेका बर्थिङ सेन्टरमा भने दक्ष सुत्केरी गराउने स्वास्थ्यकर्मी अभाव भएको छ । जसले गर्दा स्वास्थ्य सेवा लिनका लागि बिरामी जिल्ला अस्पताल वा त्रिशूली अस्पताल जानु पर्ने अवस्था छ । साभारः इन्सेक

    प्रकाशित : शनिबार, २ मंसिर २०८० , १२:५५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend