Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

स्वास्थ्य सुविधा संविधानमा उल्लेखित व्यवस्थाभन्दा विपरीत

स्वास्थ्य सुविधा संविधानमा उल्लेखित व्यवस्थाभन्दा विपरीत


  • मंगलबार, मंसिर ५ २०८०
  • 325
    SHARES

    चौतारा सागाचोकगढी नगरपालिका-७ स्थित सानोसिरुवारी स्वास्थ्य चौकीमा प्रयाप्त औषधिहरू नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामी मर्कामा परेका छन् ।

    चिसोका कारणले गाउँमा विभिन्न रोगहरूको माहामारी छ, तर स्वास्थ्य चौकीमा पर्याप्त औषधिहरूको अभावले स्थानीयहरू मार्कामा परेको स्थानीय कृष्ण न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार स्वास्थ्य चौकीमा स्वास्थ्य कर्मीहरूको उपस्थिति भए पनि औषधिको अभावका कारण बिरामीहरू स्थानीय मेडिकलमा गएर औषधि किन्न बाध्य भएका छन् ।

    जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूमा औषधिको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकाले जिल्लाबाट औषधि पठाउन नसकिएको जिल्ला जनस्वास्थ्य प्रमुख अनुप अधिकारीले बताउनु भयो । ‘सुविधा सम्पन्न भवन छ, तर त्यो स्वास्थ्य संस्थाको भवनमा औषधिको अभाव छ, के गर्नु त्यो आलिसान भवनले ?’,  सुमन श्रेष्ठले भन्नुभयो ।

    ठूला चाडपर्वका कारण स्वास्थ्य चौकीमा औषधिको अभाव भएको, छिट्टै आवश्यक औषधिको व्यवस्थापन गरिने स्थानीय सरकारले जानकारी दियो।

    नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भए पनि सानोसिरुवारी स्वास्थ्य चौकीमा प्रयाप्त औषधिहरू नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामी मर्कामा परेका हुन् ।

    [pdf-embedder url=”https://loksarathi.com/wp-content/uploads/2023/11/nepal-kanoon.pdf” title=”nepal kanoon”]

    प्रकाशित : मंगलबार, ५ मंसिर २०८० , ०६:०७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend