Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सरकारले दुर्गा प्रसाईंको भक्तपुर निवास वरिपरि प्रहरी परिचालन गरेको छ

सरकारले दुर्गा प्रसाईंको भक्तपुर निवास वरिपरि प्रहरी परिचालन गरेको छ


  • शुक्रबार, मंसिर ८ २०८०
  • 533
    SHARES

    काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा चलिरहेको ‘नागरिक बचाउ महाअभियान’ लाई लक्षित गर्दै सरकारले शुक्रबार प्रसाईंको भक्तपुर निवास वरिपरि प्रहरी परिचालन गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले यसअघि प्रसाईंले प्रदर्शनका क्रममा शान्ति सुरक्षामा खतरा पैदा गर्ने कुनै पनि कार्यलाई कानुनी परिणाम भोग्नुपर्नेमा जोड दिँदै सम्भावित कानुनी कारबाहीका लागि चेतावनी दिएपछि यो कदम चालिएको हो ।

    महेश बस्नेतका कार्यकर्ता र दुर्गा प्रसाईकातर्फबाट प्रदर्शनकारीहरुबीच भएको झडपलाई नियन्त्रण गर्न प्रशरीले हस्तक्षेप गरेपछि तनाव बढेको थियो । उल्लेखनीय छ, बिहीबार काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शनका क्रममा प्रसाईं र नेकपा एमाले निकट युवा संघ युवा संघका समर्थकबीच झडप भएको छ । त्यसपछि कालीमाटीमा प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएको थियो । हिंसा भड्किने आशंकामा सरकारले दुर्गा प्रसाईलाई घेराबन्दीमा पार्न खोजेको हुनसक्ने आकलन गरिएको छ ।

    प्रकाशित : शुक्रबार, ८ मंसिर २०८० , १२:३४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend