Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

भोलि शनिवार तीनकुनेमै कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा दुर्गा प्रसाईले भने

भोलि शनिवार तीनकुनेमै कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा दुर्गा प्रसाईले भने


  • शुक्रबार, मंसिर ८ २०८०
  • 91
    SHARES

    काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईंले शनिबार (भोलि) तीनकुनेमै आन्दोलनको कार्यक्रम गर्ने बताएका छन्।

    शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भोलि तीनकुनेमै कार्यक्रम गर्ने बताएका हुन्। उनले आन्दोलनमा सहभागी हुन भोलि आफ्नो घरअगाडि आउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

    उनले भने, ‘हामीले आज खप्यौँ, भोलि हामी तिनकुनेमै कार्यक्रम गर्छौँ। सम्पूर्ण भक्तपुरका जनताहरुलाई मेरो घरअगाडि आउन म अनुरोध गर्छु।’

    उनले कुनै दिन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजरबन्दमा राख्नु नपरोस् भन्दै चेतावनीसमेत दिए। ‘कतै मैले एक दिन तपाईंलाई पनि नजरबन्दमा राख्न नपरोस्। यो कुरा तपाईं हेक्का राख्नुहोस्,’ उनले भने।

    उनले आज आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको बताए।

    उनले भने,’दिनभर मेरो घरको बिजुलीको लाइन काटियो। प्रचण्डज्यू तपाईंलाई जंगलबाट यो ठाउँमा पुर्‍याउने दुर्गा प्रसाईं हो। दुर्गा प्रसाईंले ज्यान दिएको छ। यही घरमा हो तपाईंले कुनै दिन चिया खाएको। यही घर तपाईंले आज अन्धकार बनाउनुभएको छ।’

    प्रकाशित : शुक्रबार, ८ मंसिर २०८० , ०६:४७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend