Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अवैध लागू औषधसहित तीन जना पक्राउ

अवैध लागू औषधसहित तीन जना पक्राउ


  • शनिबार, मंसिर ९ २०८०
  • 78
    SHARES

    मंसिर ९, रुपन्देही । विभिन्न ठाउँहरुबाट लागुपदार्थका कारोबारी तथा ओसारपसारकर्ता गिरफ्तार भएका छन् ।

    कञ्चनपुर, पुनर्वास नगरपालिका-९ धनसिंगा बस्ने ४० वर्षीया लक्ष्मी जैशी र भरात लख्खिमपुर खिरी विसैनपुरी उत्तर प्रदेश भारत बस्ने ४९ वर्षीय महंगा सिहलाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ४ सय ८७ ग्राम १ सय २० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी खड्डा कंकडबाट खटिएको प्रहरीले लक्ष्मी जैशीको घरबाट उक्त लागूऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो ।

    कास्की, पोखरा महानगरपालिका-१४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३५ ग्राम र गाँजाको तयारी धुलो (पोल्यान) जस्तो देखिने पदार्थ १० ग्रामसहित नर्वेका नागरिक ५३ वर्षीय RUNE FLATHA शुक्रबार बिहान पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौं जान लागेका उनलाई विमानस्थलको प्रस्थान कक्षमा जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध गाँजा शीर्षक मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

    दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित : शनिबार, ९ मंसिर २०८० , ०६:४४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend