Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

दुर्गा प्रसाईको संघीय लोकतान्त्रिक गणतन्त्र फ्याँक्न थालिएको महाअभियान नचर्किदै अस्तायो

दुर्गा प्रसाईको संघीय लोकतान्त्रिक गणतन्त्र फ्याँक्न थालिएको महाअभियान नचर्किदै अस्तायो


  • आइतबार, मंसिर १० २०८०
  • 377
    SHARES

    काठमाडौं । वर्तमान व्यवस्था ढाल्ने लक्ष्यका साथ दुर्गा प्रसाईंले थालेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ केही क्षणको मात्र आँधीबेहरी सावित भएको छ । सुरुको दिन जम्मा भएको भिड चौथो दिनसम्म आइपुग्दा निकै पातलिएको छ र आन्दोलनकारी तितरबितर भएका छन् ।

    मंसिर ७ मा बल्खुमा ठूला दलहरूलाई नै चुनौती दिनेगरी उनले आन्दोलनको सुरुआत गरेका थिए । तीनकुनेमा एमालेनिकट युवा संघको जनप्रदर्शनलाई समेत ओझेलमा पार्ने गरी प्रसाईंले आफ्नो शक्ति प्रदर्शन गरे । उनले अब दिनहुँ काठमाडौंमा जनप्रदर्शन हुने घोषणा गरेका थिए । तर, प्रदर्शनमा उल्लेख्य मानिसहरु उपस्थित नभएपछि प्रसाईं रणनीति बदल्न बाध्य भएका छन् ।

    पहिलो दिन प्रसाईंको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेपनि दोस्रो दिन तीनकुने गर्ने भनिएको जनप्रदर्शन सफल भएन । प्रसाईंलाई घरमै नजरबन्द गरेर  प्रहरीले तीनकुने आउने उनका समर्थकलाई समात्न थालेपछि कार्यक्रम बिथोलियो । त्यहाँ एकैपटक ठूलो भिड जुटाउन नसक्दा प्रहरीलाई नियन्त्रण गर्न सहज भएको थियो ।

    हिजो सिफलमा कार्यक्रम गरेर प्रसाईंले स्वयंले सम्बोधन गरे । तर, उपस्थितिको संख्या न्यून थियो । आफ्नै शैलीमा केहीबेर बोलेर प्रसाईं निस्किए । आज भक्तपुरमा मोटरसाइकल र्‍याली र प्रसाईंकै निवासमा सभा गर्ने भनिएको थियो । तर, यो कार्यक्रम स्थगित गरिएको छ । प्रसाईं अभियानकै नाममा विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भइरहेका छन् । प्रसाईंको अभियानका सहप्रवक्ता राजानन्द माण्डव्य आफूहरूको आन्दोलन नसेलाएको दाबी गर्छन् ।

    उनले भने, ‘भ्यालीबाहिरबाट आएका मान्छेहरु अब विस्तारै फर्किन्छन् । तीन दिन लगातार कार्यक्रमम गरेका हौं । बाहिरका मान्छेलाई सधैं यहाँ गाह्रो हुन्छ । आजसम्म कार्यक्रम स्थगित गरेका छैनौं । निरन्तर चल्छ ।’ उनले आन्दोलन प्रभावकारी नहुनुमा पूर्वराजा ज्ञानेन्द्रको मौनताप्रति ईंगित गरे । आन्दोलनमा आएकाहरू मात्रै नभएर नेपाली जनतामा पनि व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने भावना बलियो भए पनि पूर्वराजा आफैं नखुलेकोमा उनको असन्तुष्टि थियो ।

    मान्डव्यले भने, ‘यो कुरा उठेको बेलामा झापामा पूर्वराजाबाट केही सम्बोधन होस् भन्ने चाहना थियो । राप्रपाले लगेको भनिएको छ । तर, त्यहाँ राजालाई आफ्नो तरिकाले चलाइयो । राजतन्त्रको पक्षमा त्यत्रो आन्दोलन गर्‍यो । कति थुनिए । आन्दोलनको कारणले भन्दा पनि राजसंस्थाको पक्षमा कुरा उठाएकाहरू थुनिएका हुन् । केही राजावादी साथीहरुलाई मुद्दा नै चलाइएको अवस्था छ ।’ आफूहरूको आन्दोलनमा सबै आ-आफ्नो रोटी सेकाउने तरिकाले प्रस्तुत हुँदा अलिक फितलो भएको स्वीकार गरे ।

    प्रवक्ता माण्डव्य भन्छन्, ‘हाम्रो आन्दोलनमा चाहीँ कोही राजतन्त्रको एजेण्डा बोक्ने, कोही अवस्था परिवर्तन भन्ने, कोही ऋण मिनाहा भन्ने खालका आए । यो अभियानमा सबै आ-आफ्नो रोटी सेकाउने तरिकाले आए । त्यसरी आन्दोलन हुँदैन । त्यसैले आन्दोलनको खाका परिवर्तन गराउनुपर्ने भएकाले हामीले थोरै रेस्ट गरेका छौं ।’

    अब आन्दोलनको मोडालिटी परिवर्तन गरेर जिल्ला केन्द्रित हुने उनले जिकिर गरे । उनले भने, ‘आन्दोलन अब जिल्ला केन्द्रित हुन्छ । काठमाडौंमा ल्याएर आन्दोलन गर्ने कुरा सधैं सम्भव नहुने देखियो । जिल्ला-जिल्लाबाटै आन्दोलन गरेर सबैलाई सचेत बनाउनुपर्ने भयो ।’ प्रसाईंको आन्दोलनमा सहभागी हुनका लागि बाहिरबाट आएकाहरूलाई उनैको बन्दै गरेको घरमा बस्ने र खाने व्यवस्था गरिएको छ । केहीलाई पार्टी प्यालेस बुक गरेर राखिएको छ ।

    उनले पूर्वराजा ज्ञानेन्द्रप्रति असन्तुष्टि पोख्दै भने, ‘उहाँको यो रेस्पोन्सेले त कुनै पनि आन्दोलन टिक्दैन । उहाँ सडकमा आउनु पर्दैन, तर उहाँले अस्तिको आन्दोलनलाई पोजेटिभ सन्देश त दिन सक्नुहुन्थ्यो नि । उहाँले कहीँ कतैको आन्दोलनलाई पनि सम्बोधन गरिएको सुनिएन ।’

    उनले पूर्वराजा ज्ञानेन्द्रको भूमिकाले आफ्नो हातमा शासन लिन चाहन्छन् कि चाहँदैन ? भन्ने प्रश्न खडा गरेको उल्लेख गरे । मान्डव्यले अब राजावादीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा राप्रपासँग पनि कुराकानी भइरहेको बताए । उनले थपे, ‘राप्रपासहित अन्य साना दल र राष्ट्र राष्ट्रियतालाई माया गर्ने बौद्धिक वर्गलाई पनि हामी सँगै लिएर अघि बढ्छौं ।’

    प्रकाशित : आइतबार, १० मंसिर २०८० , ०७:४८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend