Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आजबाट रास्वापाको मधेश स्तर बैठक सुरु

आजबाट रास्वापाको मधेश स्तर बैठक सुरु


  • सोमबार, मंसिर ११ २०८०
  • 429
    SHARES

    काठमाण्डु, ११ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुने भएको छ । मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा आजबाट संयुक्त बैठक सुरु हुने रास्वपाका उपसभापति डिपी अर्यालले जानकारी दिएका छन ।

    रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र संघीय सांसद २१ जना रहेका छन । मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता रहने उनले जानकारी दिएका छन ।

    बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत हुने पनि उनले बताएका छन । त्यस्तै पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने उनको भनाइ छ । बैठकअघि रास्वपाका सभापति रवि लामिछानेले मंसिर आठ गतेबाट तीन दिने मधेस यात्रा गरेका थिए ।

    प्रकाशित : सोमबार, ११ मंसिर २०८० , ०२:३३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend