Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया

टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया


  • बुधबार, मंसिर १३ २०८०
  • 208
    SHARES

    धनगढी—कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबिन) विधीबाट शल्यक्रिया सुरु भएको छ । गत बिहीबार जानकी गाउँपालिका–७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महताको ल्याप्रोस्कोपिक विधीबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । महताको तीन वर्षदेखि पाठेघरमा समस्या थियो ।

    ‘पेट चिर्नुपर्छ कि भनेर डराएकी थिएँ । टीकापुर अस्पतालमा पेट नचिरेरै शल्यक्रिया हुन्छ भनेर डाक्टरले भनेपछि शल्यक्रिया गर्न तयार भएँ’, महताले भनिन्, ‘समयमै उपचार पाएँ । खुसी लागेको छ । तीन दिनमै हिँडडुल गर्न सक्छु ।’ उनले शल्यक्रियामा संलग्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीप्रति आभार प्रकट गरिन् । महताका छोरा कृष्णले उपचारका लागि बाहिर जानु नपर्दा सहज भएको बताए । ‘अन्य जिल्लामा उपचारका लागि जानु परेको भए खर्च धेरै हुन्थ्यो । हाम्रो आर्थिक अवस्था कमजोर भएकाले यही उपचार हुँदा सहज भएको छ’, उनले भने, ‘स्वास्थ्य बीमा भएकाले उपचार खर्च कम लागेको हो ।’ चिकित्सककाअनुसार सामान्यतयाः दुरबिनको माध्यमबाट पेट नचिरी सानो–सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक विधि भनिन्छ ।

    अस्पतालमा पहिलो पटक यो विधीबाट पाठेघरको शल्यक्रिया गरिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सञ्जयकुमार दासले बताए । ‘टीकापुरमा पहिलो पटक शल्यक्रिया गरिएको हो । बिरामीलाई करिब तीन वर्षदेखि पाठेघरमा समस्या रहेछ । लामो उपचार गर्दा पनि आराम नभएपछि पाठेघरको शल्यक्रिया गर्नुपरेको हो’, उनले भने, ‘पेटमा तीन ठाउँमा प्वाल बनाएर शल्यक्रिया गरिएको छ ।’ डा. दासकाअनुसार बिरामीलाई शल्यक्रिया गरिएको तीन दिनमै अस्पतालबाट घर पठाइएको थियो । डा. दासले दुरबिनबाट शल्यक्रिया गर्दा छोटो समयमा नै बिरामी घर फर्कन र सामान्य काम गर्न सक्ने हुने तथा कम जोखिम हुने बताए । ‘ल्याप्रोस्कोपिक शल्यक्रिया अर्थात दूरबिन गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको छ’, उनले भने, ‘यो विधी बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधि हो ।’

    शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वय डा. दास, डा. नारायण पौडेल, एनेस्थेसियोलोजिस्ट डा. अनु शर्मा, सहायक एनेस्थेसियोलोजिस्ट सन्तोषराज जोशी, ममता रावत, स्वास्थ्यकर्मी पुष्प धमाला, सुमित्रा पुनमगर, अर्चना शाह, रोशनी पुनमगर, रंगीना चौधरीलगायत प्रसूति वार्डका नर्सहरुको टोली संलग्न रहेको थियो ।

    पदमराज भट्ट/स्वास्थ्य आवाज

    प्रकाशित : बुधबार, १३ मंसिर २०८० , ०६:१८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend