Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि

आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि


  • बिहिबार, मंसिर १४ २०८०
  • 377
    SHARES

    बुटवल—उपचारका क्रममा सुत्केरीको मृत्युपछि भएको तोडफोड र हातपातमा संलग्नलाई कारवाहीको माग गर्दै बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा प्रशासनले दिएको उजुरी दर्ता नगरेपछि चिकित्सकहरु आन्दोलित भएका छन् । बिहीबार विहानदेखि उजुरी दर्ताको माग गर्दै झण्डै १ सय बढी चिकित्सकहरुले इलाका प्रहरी कार्यलय बुटवल अगाडि धर्ना दिएका छन् । मंगलबार गुल्मीकी ३२ वर्षीया सुत्केरी भवानी रास्कोटीको उपचारका क्रममा मृत्यु भएको थियो । सकुशल नवजात शिशुलाई जन्म दिएकी उनको पल्मोनरी इम्बोलिजमका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसपछि आक्रोशित समूहले वार्तामा बसिरहेकै बेला प्रहरी प्रशासनकै अगाडि अस्पतालमा मेसु डा. राजेन्द्र बस्याललाई निर्घात कुटपिट गर्नुका साथै अस्पताल तोडफोड गरेको थियो । कुटपिटबाट घाइते भएका डा. बस्यालको अहिले लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयुमा उपचार भइरहेको छ । घाइते चिकित्सकले उजुरी दर्ता गराउन नसकेपछि बुधबार अस्पताल प्रशासनले अस्पतालमा भएको कुटपिट र तोडफोडमा संलग्नलाई कारवाहीको माग गर्दै उजुरी दिएको थियो ।

    तर, प्रहरीले उक्त उजुरी दर्ता नगरेको धर्नामा संलग्न चिकित्सक डा. रमेश भट्टराईले जानकारी दिए । ‘कुटपिट भएका चिकित्सक उपचारमा हुनुहुन्छ, अस्पताल प्रशासनले दिएको उजुरी आलटाल गरेर प्रहरीले दर्ता गर्न मानेको छैन्,’ उनले भने, ‘हामीले उजुरी दर्ताको माग गर्दै अहिले इलाका प्रहरी कार्यलयमा धर्ना दिएका छौं ।’ प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको थियो । तर, उनीहरुलाई पनि छाड्ने तयारी गरेको चिकित्सकहरुको आरोप छ । ‘घटनामा संलग्नलाई कारवाही नगरी छाड्ने षड्यन्त्र हुँदैंन्,’ अर्का एक चिकित्सकले भने, ‘चिकित्सक घाइते भएर आईसीयुमा उपचार गराइरहेका छन् । दण्डहीनता हामीलाई स्वीकार्य छैन ।’

    प्रकाशित : बिहिबार, १४ मंसिर २०८० , ०१:२९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend